माङसेबुङ ।  किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा पान्जुम्भोमा आबद्ध समिति र कलाकारहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पान्जुम्भोको पितृसंस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले पान्जुम्भोलाई निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । आफ्ना भनाई राख्ने क्रममा गुरु निजी सचिव टंक लिङदेन, पान्जुम्भोका पूर्व अध्यक्ष रामबहादुर थुलुङ, […]

धरान । किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय अध्यक्षमा सागर केरुङ निर्विरोध निर्वाचित भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न समितिको चौंथो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको हो । यसरी नै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ्, महासचिवमा कन्चन थलङ् र कोषाध्यक्षमा उदय बेघालाई निर्वाचित गरेको छ ।   सदस्यहरुमा […]

पान्थर। किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय बिभुती मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको समाधिस्थल ध्वाजेडाडा सिलौटीमा फाल्गुनन्द प्रतिमा शिलान्यास गरिएको छ । बुधबार महागुरुको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटको पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो । शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ नम्बर वडा अध्यक्ष […]

आसाम। कोक्राझार जिल्ला सरलपाडागाउँमा रहेको निर्माणाधिन किरात माङहिम उद्घाटनको अन्तिम चरणमा पुगेको छ । माङहिम निर्माण समितिका सचिव सुनिल राइले अङ्ग्रेजी सम्बत सन २०२४ भित्रमा माङहिम उद्घाटन गर्ने तयारीमा रहेको जनाएका छन् । निर्माण समितिका सचिव राइले भने,’सरलपाडा गाउँमा सन २०१७ मा माङहिम निर्माण गर्ने छलफल भएपछि माङसेबुङ स्थित गुरुनिजि आश्रममा गुरु भेटदर्शनको लागि माङहिम […]

पान्थर ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको पान्थरको खलङगाटारमा देवसवार हुने भएको छ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुर्णकदको प्रतिमा अनावरणको लागि याङनामको खलङगाटारमा धर्मगुरु र गुरुआमाज्युहरुको देवसवार हुने भएको हो  । आगामी माघ १६ गते महागुरुको […]

आसाम :   कोक्राझार जिल्ला सरलपाडाका किरात धर्मावलम्बीले इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्तीको अवसरमा लाधुङसेमी सेवा सम्पन्न गरिएको  छ । सोमबार किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा इमानसिंह चेम्जोङ जन्मजयन्तीको अवसरमा सरलपाडा स्थित निर्माणधिन किरात माङहिमको प्राङ्गणमा लाधुङसेमी सेवाको आयोजना गरि मनाइएको छ । अंग्रेजी सम्वत जनवरी १ तारिक […]

इलाम।  देउमाई नगरपालिका–१ चमैतामा  सुम्निामा र पारुहाङको प्रतिमा अनावरण गरिएको छ ।  किरात राई समुदायको आराध्य पितृदेव सुम्निमा पारूहाङको प्रतिमा  सुप्तुलुङ खिमको परिसरमा निर्माण  गरिएको हो । प्रतिमा अनावरण देउमाई नगरपालिकाको प्रमुख सुर्यप्रसाद पोखरेल, उपप्रमुख पविमाया राई, किरात राई यायोक्खा इलाम जिल्ला कार्यसमिति अध्यक्ष पुष्पा राई र किरात राई यायोक्खा देउमाई नगर कार्यसमिति अध्यक्ष धनबहादुर […]

झापा । कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार–२०८० द्वारा लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङ पुरस्कृत हुनुभएको छ । प्रजातन्त्र आन्दोलनका क्रान्तियोद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा आङबुहाङको स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा आङबुहाङ स्मृति पुरस्कार–२०८० द्वारा पुस १६ गते तद्नुसार जनवरी १ मा चोङबाङलाई पुरस्कृत गरिएको हो । किरात याक्थुङ चुम्लुङ झापा शाखाको […]

आसाम : इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्ती आसामको कोक्राझार जिल्ला सरलपाडामा भोली सोमबार कार्यक्रम हुँदैछ ।   किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा चेम्जोङको जन्मजयन्ती र लाधुङसेमी सेवाको आयोजना गरिएको संघका शाखा समिति अध्यक्ष सुनिल दिबुसा वान्तावा राइले जानकारी दिए।   विगतको वर्षदेखि नै अंग्रेजी सम्वत जनवरी १ तारिक […]

ताप्लेजुङ : ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुम्लुङ क्षेत्रमा कुनै भौतिक संरचना बनाउँन नदिने मुकुम्लुङ संयुक्त सङ्घर्ष समितीले चेतावनी  दिएका छन् । मुक्कुमलुङको अस्तित्वलाई जोगाउँनका लागि जस्तोसुकै संघर्ष  गर्नपछि नहट्ने समेत चेतावनी दिएका छन् । मुक्कुमलुङ  क्षेत्रमा लामो समय देखि केबलकार निर्माण बहस चलिहरको छ । केबलकार निर्माणका केहि प्रक्रियाहरु पुरा भएको छ । केबलकार निर्माण […]