माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा सातौ अबिधेसन सम्पन्न भएको छ ।
माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा तथा अधिबेशन सम्पन्न गरेको हो ।
Advertisement
कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथ्यमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ ।
संस्थाले उत्कृष्ट बचतकर्तामा महिला तर्फबाट रामकुमारी राई र उत्कृष्ट ऋृण भुक्तानीमा पुरुष तर्फबाट चन्द्र साँबालाई साधारणसभामा सम्मानित गरिएको संस्थाका व्यावस्थापक चनबहादुर शेर्माले बताए ।
सहकारी संस्थामा ४ सय १६ जना सेयर सदस्य रहेको छ । पुरुष शेयर सदस्य १ सय ८० जना रहेको छ । भने, महिला शेयर सदस्य २ सय ३७ जना छन् । त्यस्तै सस्थागत शेयर सदस्य संख्या ४ जना रहेको जनाएको छ ।
संस्थाको चालू आर्थिक बर्ष २०८०/ ०८१ मा ८६ लाख ७७ रुपैयाँ शेयर पुँजी रहेको छ । भने, सोही आ.ब . को असार मसान्तसम्ममा ९६ छ्यान्नब्बे लाख २३ हजार २६९ चुक्ता पुजि रहेको छ । यो चुक्ता पूजी अघिल्लो बर्षको तुलनामा ११.८९ प्रतिशतले वृद्धि भएको हो ।
यसैगरी आ.व २०८१/०८२ को प्रारम्भमा ९६ छ्यान्नब्बे लाख ७७ रुपैयाँ चुक्ता पुजि रहेकोमा आगामी असार मसान्तसम्ममा ४ लाख रुपैयाँ वृद्धि गरि कुल शेयर अनुमानित १ करोड रुपैयाँ पुर्याइने प्रस्ताव पेस गरेको हो ।
चालू आर्थिक बर्षमा २ करोड ४५ पैंतालीस लाख ५८ अन्ठाउन्न हजार ५१५ रुपैयाँ रहेको छ । यो निक्षेप संकलन अघिल्लो बर्षको तुलनामा १.७६ प्रतिशतले वृद्धि भएको हो ।
यस संस्थाको बितिय स्थिती विवरण ३ करोड ३२ लाख ५० हजार आठ ८८० रुपैयाँ रहेको छ । यो वृद्धि अघिल्लो बर्षको तुलनामा ६.२७ प्रतिशतले वृद्धि भएको हो । भने, सहकारीले १३ लाख ७५ हजार ४१८ रूपैयाँ खुद नाफा गरेको छ ।
संस्थाले आगामी आ.व. २०८१ / ०८२ मा बचत निक्षेप संकलन २ करोड ९५ लाख ५८ हजार ५ सय १५ रुपैयाँ पुर्याउने लक्ष्य समेत लिएको छ ।
संस्थाले न्यूनतम व्याजदरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी कृषि तथा पशुपालन र सीप तथा क्षमता विकास जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सहकारीको सातौ अधिबेशन नयाँ संचालक समिति, ऋण उपसमिति, लेखा समिति चयन भएका छन् । अध्यक्ष दुध बहादुर लाओती क्रमश उपाध्यक्ष राज कुमार माबोहाङ, सचिव राजहाङ लाओती, सह सचिव मनोज सिवाकोटी, कोषाध्यक्ष चन्द्रा सेन्दाङ निर्वाचित भएका छन् भने सदस्यहरुमा सदस्य किसान सुब्बा, मखमाया आङदेम्बे, कमला आङबुहाङ, विष्णु लिम्बू, सुमन लाओती, पूर्ण बहादुर दर्जी रहेका छन् । लेखा सुपरिवेक्षण समिति संयोजक धनसिङ सम्बाहाङफे, सदस्य देउकुमार इघिङगो, सदस्य सीमा राई ऋण उपसमिति सदस्य कमला लिम्बू,जसहाङ साउदेन निर्वाचित भएको निर्वाचन उपसमिति संयोजक मनकुमार आङबुहाङले जानकारी दिएका हुन ।