महागुरु फाल्गुनन्द लिङदेनको जीवन दर्शन र माङइङघङ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

माङसेबुङ । महागुरु फाल्गुनन्द लिङदेन ज्यूको जीवन दर्शन र माङइङघङ विषयक अन्तरक्रिया कार्यक्रम दमकको किरात माङपोक्लुङ माङहिमको हलमा विहिबार सम्पन्न भएको छ । प्रत्येक महिना सञ्चालन हुदैँ आएको किरात इत्नामको सातौं श्रृंखला किरात माङपोक्लुङ माङहिमका प्रमुख माङसेवासाबा पदम चोङबाङ साँबाले दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा लेखक तथा अध्येता महागुरु रमेश तुम्बापोले […]

२३ कार्तिक २०८१, शुक्रबार ०९:४२

मुन्धुममा मानव उत्पत्ति र साप्पोक चोमेन सेवा

मानिसको अङ्ग रक्षाका लागि गरिने कर्महरूमध्ये सबैभन्दा पहिले साप्पोक चोमेन सेवा गरिन्छ । यस सेवामा वगङमा, पक्चानामा, कुदापमाङ, खनजःमा र पुङसाम, युमा, हिम्माङ र थेबाको सेवा गरिन्छ । किरात जाति नेपालका प्राचिन जाति हुन् । तिनै किरातका पवित्र धर्मग्रन्थ मुन्धुमअनुसार मुनातेम्बेमा तागेरा निङवाभूमाङले र्सवप्रथम मानव सृष्टि गरेे । त्यो पहिलो मानव मुजिना खेयङना नामक महिला […]

७ कार्तिक २०८१, बुधबार ०९:४५

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको संक्षिप्त जीवनी

  वि.सं. १९४२ कात्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको इभाङ गाविस चुक्चिनाम्बा गाउँमा एक बालकको जन्म भयो बुबा जगुनबाज र आमा हंसमति बेघा लिम्बुको कोखबाट साइँला छोराको रुपमा सामान्य किसान परिवारमा जन्मिएका सो बालक गर्भमारहँदा आमाले मदमंस खाए अस्वस्थ हुने, सपना बिग्रिनेजस्ता लक्षणहरु हुँदै आए पनि त्यसतर्फ कुनै ध्यान दिइएको थिएन। बालक […]

६ कार्तिक २०८१, मंगलवार २२:०४