किरात पूर्व केन्द्रीय कलाकार सुनिता मिभक साक्थिम्गेनद्धारा सम्मानित

माङसेबुङ/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस  कार्यक्रमकोे अवसरमा खड्ग सङबाङफे र पूर्व केन्द्रीय कलाकार सुनिता मिभक लाई अभिनन्दन सहित सम्मान गरिएको छ ।

शनिबार पान्जुम्भोकोे सम्पन्न कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्य र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनको समुद्घाटन सत्रमा किरात धर्म दर्शन र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउनु हुने माङसेबुङ २ इलाम निवासी खडग सङबाङफेलाई अभिनन्दन पत्र तथा नगद राशि सहित अभिनन्दन गरिएको थियो ।

Advertisement

यसैगरी किरात धर्म दर्शन र संस्कार संस्कृति अनि किराती गीत संगीतलाई विश्व सामु पु¥याउन निरन्तर योगदान पु¥याउँदै आएकी पान्जुम्भोको पूर्व केन्द्रीय कलाकार मिक्लाजुङ टाँडी मोरङ निवासी गायिका सुनिता मिभकलाई सम्मान पत्र तथा नगद राशि सहित सम्मान गरिएको थियो । भने, पान्जुम्भोको केन्द्रीय कलाकार र सहयोगी कलाकारको रुपमा योगदान दिने कलाकारहरुलाई पनि सम्मान स्वरुप कदरपत्र तथा धन्यबाद पत्रद्धारा सम्मान गरेको थियो ।

कार्यक्रममा पान्जुम्भो पूर्व अध्यक्ष डिबी लिङदमद्धारा प्रस्तुत किरात संस्कृति र साक्थिम्गेन पान्जुम्भोको भूमिका विषयक कार्यपत्र माथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरल र अधिवक्ता एन.एस. फागोले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु