याक्थुङ मुन्चइतद्वारा अक्षयकोष स्थापना

काठमाडौ । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ मुन्चइत अक्षयकोष स्थापना गरेको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङको संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो ।

Advertisement

समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा नन्दु तुम्बापो र सदस्यमा कल्पना योङ्हाङ, शैलेन्द्र नाल्बो, रत्ना लिङ्देन लावती र तिर्थ मादेम्बालाई निर्वाचित गरेका छन ।

भेलामा संघीय अध्यक्ष सागर केरुङ, संघीय सल्लाहकार यासेली योङ्हाङ, किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ लगायतले शुभकामना दिएका थिए । याक्थुङ मुन्चइत चोक सयङ्ले न्युनतम २५ बर्ष लिम्बू कला क्षेत्रमा जीवन बिताएका ७० बर्ष उमेर नाघेका अग्रज कलाकारहरुलाई मासिक एघार सय एघार रुपैयाका दरले पेन्सन दिने तयारी गरेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु