किरात साम्यो साक्थिम्गेन पान्जुम्भोकोअध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित

माङसेबुङ / किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित भएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित पान्जुम्भोको भवनमा कार्तिक १, २, ३ र ४ गते सम्पन्न पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलनबाट चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

Advertisement

नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः आइन्द्र थेगिम, चन्दा कुरुम्बाङ, सुवास गुरुङ, चतुरमान साम्पाङ, प्रमिला कुरुम्बाङ निर्वाचित भएका छन् । यस्तै सचिवमा दिलिप माखिम, सह–सचिवमा लाबुनहाङ केरुङ, तान्छोहाङ फियाक, कोषाध्यक्षमा मनप्रसाद चेम्जोङ र सह–कोषाध्यक्षमा रमला साँबा, रमेश सिगु, तान्छोहाङ नेम्बाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

 

 

यसैगरी पान्जुम्भोको केन्द्रीय सदस्यहरुमा बीरपन थेगिम, तारा केरुङ, आइन्द्र नेम्बाङ, विपना तबेबुङ, फाङदीप लाओती, शाहिल पराङदेन निर्वाचित भएका छन् ।

 

नव निर्वाचित कार्य समितिलाई किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले  नीति निर्देशन सहित शुभकामना दिनु भएको थियो । भने, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका निवर्तमान अध्यक्ष ज्ञानु केदेम लगायतले साक्थिम्गेन पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए । भने, पान्जुम्भोको नव निर्वाचित अध्यक्ष लेखनाथ चेम्जोङले प्रतिबद्धता मन्तव्य राखेको थिए ।

 

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्य पूर्णकार्की ढोलीको संयोजकत्वमा किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङ, किरात साम्जीक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाक रहेको तीन सदस्यीय निर्वाचन मण्डलले पान्जुम्भोको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

 

सातौं केन्द्रीय सम्मेलनले बन्द सत्रबाट पान्जुम्भोको मातहत निकाय तेङगप पान्जुम्भो र पाङभे पान्जुम्भोहरुबाट सहभागि प्रतिनिधिहरुको प्रतिवेदन पारित गरेको छ । पान्जुम्भोको सचिव सुवास गुरुङले पेश गरेको ३ वर्षे कार्यकालको सांगठनिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मनप्रसाद चेम्जोङले पेश गरेको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु