पाँचथर । प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुआत गरेको छ । शनिबार आजदेखि सुरु भएको किरात गोल्डकपको उद्घाटन खेल फिदिम खेलमैदानमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को गोलअन्तरले जीत निकाल्दै पाँचथरले विजय सुरुआत गरेको हो। खेलको ४३ औं मिनेटमा पाचँथरका खेलाडि सुकराज राईले गोल गर्दै […]

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिने भएको छ । माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी […]

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको फाइनलमा केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको छ । इलामको माङसेबुङ ५ आत्मानन्द रंगशालामा शुक्रबार भएको भलिबल प्रतियोगिताको सेमिफाइनल खेलमा केपिसीले बार्हदर्सी झापालाई ३-१ को  सेटमा र सिमाना मोरङलाई ३-० को सेटमा पराजित गर्दै केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको हो । खेलमा बार्हदर्सी  झापालाई पहिलो सेटमा  २६–२४ र […]

माङसेबुङः इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित आत्मानन्द खेल मैदानमा आत्मानन्द कप भलिबल प्रतियोगितामा भद्रपुर झापा सेमिफाइनलमा प्रवेश गरेको छ । किरात धर्मगुरु ७० औं शुभजन्मोत्सबको अवसरमा आयोजित आत्मानन्द कप १६ औं संस्करणसंगै अतिरिक्त खेलमा आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । आज शुक्रबार भएको प्रतियोगितामा भद्रपुर नगरपालिका, झापा र फुङनाम स्पोर्टस क्लब, […]

माङसेबुङ । इलामको माङसेबुङमा आत्मानन्द कप भलिबल प्रतियोगिता सुरु भएको छ । आत्मानन्द खेल मैदानमा बिहिवारबाट भलिबल प्रतियोगिता सुरु भएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्स तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोह अवसरमा आयोजित खेलकुद कार्यक्रम अन्तरगत पहिलोपटक आत्मानन्द कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको […]

माङसेबुङ ।  झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा किरात धार्मिक प्रशिक्षण गरिएको छ । किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा माङसेबुङ भ्रमणमा आएका किरात धर्मावलम्बीको सहभागीतामा बुधबार किरात धार्मिक प्रशिक्षण सम्पन्न गरिएको हो । प्रशिक्षणको सहजकर्ता किरात धर्मका तुम माङसेवासाबा तेजबहादुर थङलङ रहनु भएको थियो । थङलङले किरात धर्मको कर्म संस्कार अनुसार जन्म, विवाह र मृत्युमा […]

माङसेबुङ ।  माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषा  कार्यन्वयनको लागि अघि बढाइने माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रीहाङ राईले  बताएका छन् । उनले गाउँसभाले पास गरिसकेको हुनाले कार्यन्वयन गराउने दिशातर्फ अगाडि बढाएको बताए । इलामको माङ्सेबुङ  ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे अवसरमा आयोजित बार्षिक उत्सव कार्यक्रममा मन्तव्य राख्ने क्रममा […]

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक गरिएको छ । बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आत्मा पवित्र हक्चात यक्चुमद्धारा आयोजित पत्रकार सम्मेलनमा खेल सार्वजनिक गरिएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा  यस बर्षदेखि भलिबल प्रतियोगिताको समेत आयोजना […]

माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको फाईनलमा तिजोक युवाक्लव पान्थर प्रवेश गरेको छ । आज बुधबार आत्मानन्द रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा पाहुना टोली एमएफसी दार्जिलिङ भारतलाई ३–० गोल अन्तरले पराजित गदैं तिजोक पान्थर फाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा खेलेको पान्थर दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको थियो […]

माङसेबुङ : अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि आएका  किरात धर्मावलम्बी भक्तजनहरुले झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा सेवा गरेको छ। किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा विहिबार लाधुङसेमी सेवा सम्पन्न गरिएको हो। यसअघि मंसिर ९ गते झापाको माइधार स्थित दोमुखामा साक्मुरा वदेम्मा ( गालीस्राप बहन्ती ) आयोजना गरिएको थियो । संस्थाको नेतृत्वमा १ सयभन्दा बढी भक्तजनहरु माङ्सेबुङ […]