२ सय ४५ परिक्षार्थीले लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड द्वारा संचालित लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा लेखेका छन् ।
बोर्डले शैक्षिक सत्र २०८० को कक्षा–१२ को परीक्षा शुक्रबार र कक्षा–११ को परिक्षा शनिबार संचालन गरेको परिक्षामा २ सय ४५ जनाले परीक्षा लेखेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परिक्षा नियन्त्रक अमिता सुब्बाले बताए ।
Advertisement
पाँचथरको फाल्गुनन्द–२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक–१ यासोकस्थित पृथ्वी मावि, फिदिम–१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ–५ भालुटारस्थित सरस्वती मावि, ताप्लेजुङको फक्ताङलुङ–३ लिङखिमस्थित सिंवा मावि र मोरङको केराबारी–१ पाटीगाउँस्थित सरस्वती माविले बोर्डबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन गराईरहेको बोर्डका संयोजक मलिसा याक्थुङबाले बताए।
सत्यहाङमा मावि, पृथ्वी मावि, खलङगाटार मावि, इलामको सरस्वती मावि, ताप्लेजुङको सिंवा मावि र मोरङको सरस्वती ताप्लेजुङको सिंवा मावि र मोरङको सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको थियो ।