बेलायत । युकेको स्विडण्नमा उभाैलि खिबेक्वा याक्वा सेवा हुने भएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतकाे आयाेजनामा २५ मे २०२४ गते शनिवारका दिन खिबेक्वा याक्वा आप्लुङगेन्न ताङसेप चाेमेन सेवा हुने भएकाे हो ।
बेलायतकाे विभिन्न ठाउँमा बसाेबास गर्दै आएका सम्पुर्ण किरात धर्मलवम्बी तथा शुभचिन्तक महानुभावज्युहरुकाे बाक्लाे उपस्थितिमा सेवा हुने संयाेजक तथा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष नन्दा चेम्जाेङले जानकारी दिनु भएकाे छ ।
Advertisement
हरेक बर्ष बेलायतमा बस्ने सम्पुर्ण किरात धर्मलवम्बीहरुले माैलिक परम्परा अनुसार खिबेक्वा याक्वा सेवा तथा,आप्लुङगेन्न, ताङसेप चाेमेन सेवा साथै विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थ र विश्व मानव जगत कल्याणका लागि बिगत लामाे समय देखि यस किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समितिले आयाेजना गर्दै आएकाे कार्यक्रम मध्ये खिक्वा याक्वा सेवा पनि एक महत्पुर्ण भएकाेले यस सेवा कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि लगायत विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुलाई अथितिकाे रुपमा बाेलाएर किरात धर्म दर्शन, संस्कर, सांस्कृतिक र महागुरु फाल्गुनन्दका महाउपदेश, मार्ग दर्शन तथा बर्तमान किरात धर्म गुरुगुरुमाताज्युहरुकाे मार्ग दिशा र खिबेक्वा याक्वा सेवाकाे महत्व, बिशेषताकाे बारेमा बिगतका दिनहरु देखि सुनाउने गरिएकाेले याे पालि पनि कार्यक्रमकाे सधैकै ढाचामा खिबेक्वा, याक्वा, ताङसेप सेवा सञ्चालन हुने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङ भन्नू हुन्छ ।
किरात साम्जिक मुन्धुम, संस्कार विधि अनुरुप हुने सेवा कार्यक्रममा साक्मुरा वदेमा, पाखामाङ, साम्माङ, च्याङ ताम्भुङ तेला, सावायकाेक्मा, सावा येतवरक, हिममाङ, थेबा, युमा माङ, अवामा, सावायेत माङ, साम्माङ, च्याङहरुकाे सेवाका साथै लाधुङ नाम्धुङ सेवी सेवा जस्ता महत्वपुर्ण सेवा माङसेवा साबाद्वारा किरात साम्जिक मुन्धुम हेना (बाचन) हुने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका सल्लाहकार तथा माङसेवा साबा बिभागीय प्रमुख मंगल सिं लिङदेनले बताए ।





















