झापाको दमकस्थित तुमिरो क्याफेमा ‘किरात इत्नाम’ को दोस्रो शृङ्खला किरात साम्जीक मन्धुममा योग अभ्यास र ध्यान सम्बन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ ।
मुन्धुम अध्येता तथा साहित्यकार हरि हुक्पाचोङबाङद्वारा प्रस्तुत हुने मुन्धुममा योग अभ्यास र ध्यान बारेमा छलफल गर्ने उद्देश्यकासाथ भोलि शनिबार दमकको तुमिरो क्याफेको हलमा अन्तरकृया कार्यक्रम सम्पन्न हुने भएको हो । यस कार्यक्रमको प्रायोजक अमेरिकास्थित बसोबास गर्दै आएकी रोश्नि खालिङले गरेकी हुन् ।
Advertisement
किरात मल्टिमिडिया , किरात चोत्लुङ मिडिया प्राली, किरात आवाज डटकम र इङघङ मिडियाद्वारा आयोजित कार्यक्रम विभिन्न व्यक्तित्वहरुको विचार, विमर्श, ज्ञान र अनुभवहरु व्यक्त गर्ने साझा कार्यक्रम रहेको जनाइएको छ ।
किरात इत्नामको पहिलो शृङ्खला कार्यक्रम गत वैशाख २४ गते ९४ औ समाज सुधार दिवशको अवसरमा महागुरु फाल्गुनन्द लिङदेनको जीवन दर्शन र समाज सुधारबारे आङबुहाङ अवोध अविरलद्वारा प्रस्तुत गरिएको थियो ।
यसैगरी किरात इत्नाम कार्यक्रम किरात मल्टिमेडिया, किरात चोत्लुङ, किरात आवाज र इङघङको संयुक्त कार्यक्रम रहेको छ।