माङसेबुङ । किरात याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयन गराउन दबाव दिँदै प्रदेश न. १ सरकारलाई प्रारुप प्रस्तावना बुझाइएको छ।
किरात प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिमण्डल लगायतका टोलिले आज बुधबार प्रदेश सरकारलाई किरात याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनको प्रारुप प्रस्तावना बुझाएको हो ।
Advertisement
प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम राना,सामाजिक विकासमन्त्री पाँचकर्ण राई ,पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बो,पूर्वमन्त्री तीलप्रसाद मेन्याङ्बोलाई लिम्बू भाषा कामकाजको भाषा कार्यान्वयन प्रारुप प्रस्तावना बुझाइएको किरात प्रज्ञा प्रतिष्ठान उपकुलपति समेत रहेका प्रतिनिधिमण्डल संयोजक हरिचन्द्र लाओतीले जानकारी दिए।
लिम्बू भाषा कार्यान्वयन प्रस्तावना बुझाउने टोलिमा हरिचन्द्र लाओती, माङसेबुङ गाउँपालिका पूर्व उपाध्यक्ष सुनिता सुब्बा, एन. एस. फागो, होम लिङदेन ,लक्ष्मीकुमार सेर्मा मनकुमार आड्बोहाड ,दिलबिर सेर्मा ,ललितचन्द्र फियाक कल्पना लिङ्देन , सन्तोष लाओती,कमल माबोहाङ रहेकोे थियो ।