तेह्रथुम/ तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिशतले काम सम्पन्न भएको छ ।
सो भवनको लागि सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा माठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको थियो ।
Advertisement
ठेक्का पाए लगातै २०८० साल चैत्र १४ गतेबाट काम सुरू गरेको योजनालाई २०८१ सालको असार १५ गते सम्मनमा काम सम्पन्न गर्ने गरी कामलाई तीब्र रुपले अगाडी बढीरहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीका प्रोजेक्ट म्यानेजर सुबाश बाबुु मगरले बताउनुभयो । हाल सम्ममा उक्त भवनको काम ७० प्रतिशतले सम्मन्न भएको छ । बाकी ३० प्रतिशत भवनको काममा मेसीनरी वाल,प्लास्टर र रङ रोकनको काम मात्र रहेको छ । सो कामलाई २०८१ साल असार १५ भित्रमा सम्मन्न हुने गरी काम धमाधम सन्चालन भईरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सुबाश बाबुु मगरले बताउनुभयो ।
१९८५ सालमा राष्ट्रिय बिभूती महागुरु फाल्गुन्द« लिङदेनले सात दिन सात रात होमादी गर्नुभएको पबित्र ठाउमा उक्त भवन बन्न लागेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको साहित्यीक समितीको अध्यक्ष साम थाम्देन थाङबेनले बताउनुभयो । भवन नहुदा उत्थान संघले बैठक बस्न र बिभिन्न कार्यक्रमहरु संन्चालन गर्न समस्या भएको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमका कोषाअध्यक्ष रेबत सावादेनले बताउनुभयो । भवन निर्मारणका लागी शहरी बिकास मन्त्रालयबाट ५० लाख रकम बिनियोजीत भएपछि भवनको काम धमाधम भईरहेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले बताए ।
भवन सम्पन्न भएपछि किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमले बिभिन्न कार्यक्रम तथा बैठक सन्चालमा सहजता हुने समितीले जनाएको छ ।