माङसेबुङ । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल कलाकारहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमी फाइनल (उत्कृष्ट ८) मा पुग्न सफल कलाकारहरुको नाम सार्वजनिक गरिएको हो । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा परेका कलाकारहरु हरिचन्द्र लिम्बू लेटाङ ७ वराङ्गी मोरङ, […]

माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको पहिलो सेमिफाईनल खेलमा आज मंगलबार माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुदैंछ । माङसेबुङ र सिरिजंगा मोरङबीचको पहिलो सेमिफाईनल खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन । आत्मानन्द  कप […]

माङसेबुङ ।  एमएफसी दार्जिलिङ आत्मानन्द कप  फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा गोलबजार स्पोर्टिङ क्लब सिराहालाई ३–१ गोल अन्तरले हराउँदै दार्जिलिङ भारत सेमिफाईनलमा प्रवेश गरेको हो । दार्जिलिङ भारतको जितमा सुजल मुण्डाले दूई तथा श्याम मुर्मुले एक गोल गरे ।  गोलबजार सिराहाका लागि मनिष मगरले एक […]

माङसेबुङ । इलामको माङसेबुङमा जरि १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगितामा आज(सोमबार) गोलबजार स्पोर्टिङ क्लब सिराहा र पाहुना टिम एम.एफ.सी. दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुदैंछ । गोलबजार सिराहा र दार्जिलिङ भारतबीचको खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन […]

माङसेबुङ । इलामको माङसेबुङ ५ अवस्थित निजी गुरु आश्रममा सप्ताहव्यापी सावायेहाङ येत् नाम्धुङ लाधुङसेमी सेवा तथा फुलमाला कार्यक्रम सम्पन्न गरिएको छ । मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको आयोजनामा  मंसिर ५ गतेदेखि निजी गुरु आश्रममा सुरु गरिएको सावायेहाङ मुबेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा नु गुरुकुल परिवार माङगेन्ना सेवा आज […]

माङसेबुङ  । संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी र किरात धार्मिक संस्थाका प्रतिनिधिहरुबीच कार्यक्रमको आयोजना गरि  भेटघाट गरिएको छ । आइतबार इलामको माङसेबुङ ५ अवस्थित किरात निसामहिम मुन्धुमशालाको सभाहलमा अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३, मा आएका अमेरिकास्थित किरात धर्मावलम्बीहरुको केन्द्रीय संस्था (केसिओए ) का प्रतिनिधिबीच भेटघाट गरिएको हो । उक्त कार्यक्रममा […]

माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार हुने खेलमा छथर तेह्रथुम र मोरङबीच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा छथर गाउँपालिका, तेह्रथुम र सिरिजङ्गा स्पोर्टिङ क्लब,मोरङबीच अपरान्ह २ :३० बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताइन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन […]

किरात आवाज । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुल झापाको दोमुखास्थित माइखोलामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेको छ । शनिबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दोमुखास्थित माइखोलामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेका हुन ।

इलाम । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुले किरात धर्मगुरु भेट दर्शन गरेका छन् । इलामको गुरु निजी आश्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेन भेट दर्शन शुक्रबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दर्शन भेट गरेका थिए । दर्शन भेटको क्रममा […]

माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप  फुटबल प्रतियोगितामा तिजोक युवा क्लब पाँचथर सेमिफाईनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज शनिबार भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ,धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको ८ औं मिनेटमा धनकुटाका बुद्ध चेम्जोङले १ गोल गर्दै […]