इलाम । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको आरोप बताएका छन् ।
Advertisement
पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै आएर विभिन्न प्रलोभन देखाइ उम्मेदवारी फिर्ता गराउन खोजेको साङपाङले दाबी गरेका हुन् ।
इलाममा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साङपाङले पैसासँग पहिचान कसैले बेच्न नहुने तर्क गरे । उनले भने, ‘पहिचानवादीको इतिहास लेख्न एउटा अक्षरको रूपमा तपाईँ जोडिनुहोला । जसरी इतिहास लेख्न धरानबाट आएर एउटा अक्षरको रूपमा म जोडिएको छु ।’