इलाम । नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ को उपनिर्वाचनमा पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।
शुक्रबार नेसपाले विज्ञप्ति जारी गर्दै बैशाख १५ गते हुने इलाम २ उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गर्ने निर्णय गरेको हो ।
Advertisement
जारी विज्ञप्तिमा भनिएको छ , ‘परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चुंगुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक छ ।
समतामुलक समृद्धि, पहिचान र सामार्थ्य सहितको संघीयता, सुशासन/सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरुमा हाम्रो पार्टी हार्दिक आव्हान गर्दछ ।