इलाम । पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले बैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज शनिबार प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार थेगिमले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् ।
Advertisement
र्याली सहित मनोनयन दर्ता गर्न पुगेका थेगिमको समर्थनमा मौलिक, साँस्कृतिक बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै, बिभिन्न जातिय मौलिक भेषभूषामा सजिएर ठूलो समूह आएका थिए ।