पुर्वेली गित ‘गाउँ र बेशी’ म्युजिक भिडियोको छायाकंन सम्पन्न

देउकृष्ण देवानको निर्देशनमा पुर्वेली गित ‘गाउँ र बेशी’  म्युजिक भिडियोको छायाकंन सम्पन्न सम्पन्न भएको छ ।

गायकद्वय राजशुक्र लिम्बू र प्रकास सावदेन र गायिकाद्वय स्वस्तिका सावदेन र टिना खालिङको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘गाउँ र बेशी’को भिडियोको छायाकंन सम्पन्न भएको हो ।

Advertisement

एस.पी. निङलेकुको शव्द तथा राजशुक्र लिम्बूको संगीतमा सजिएको गितको भिडियोमा उमेश राई(फुलेन्देको आमा) र बिमला खजुम लिम्बूले अभिनय गरेका छन् ।

पान्थरको रमणियस्थल साधुटार र आसपासमा छायाकंन गरिएको दूईवटै भिडियोमा सुमन तामाङको ड्रोन तथा छायाकंन र कृष्ण सुबेदीको मेकअप रहेको छ भने, सम्पादन अनिल रानाले गर्ने भएका छन् ।

नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको पोष्ट प्रडक्शनमा सुरेश राई याक्खाको कोरियोग्राफी तथा सजेष्ट घायल उदासी पायलको प्रडक्शन कन्ट्रोल रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु