इलामे जनताले स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई जिताउनु पर्छ : साम्पाङ ( भिडिओ )

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफु इलामसँग जोडिन माङसेबुङ आएको बताएका छन् ।

Advertisement

गत बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मेयर साम्पाङले स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको समर्थनमा आफु इलामसँग जोडिन आएको बताएका हुन् ।

 

‘तपाईहरुको दुखमा सँगसँगै रुन र तपाईहरुको सुखमा सँगसँगै हाँस्न म माङसेबुङ आएको हुँ’ उनले भने, ‘सबैभन्दा राम्रो उपुयुक्त उम्मेदवार छान्न तपाईहरुलाई सहयोग गर्न आएको हुँ ।’

‘चुनाव भनेको विवेकको परिक्षा हो’ मेयर हर्क साम्पाङले भने, ‘सहि र गलत छुट्याउन सक्ने चेतनाको अवस्था नै विवेक हो ।’ उनले थपे, ‘सम्पुर्ण इलाम २ का जनताले बिगतलाई एकपटक फर्केर हेरेर अनि बल्ल सहि र गलत छुट्याएर विवेक पुर्याएर मतदान गर्नु होला ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु