ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको प्रतिमा अनावरण तथा किरात माङहिम उद्घाटन गरिएको छ ।
किरात मुजोत्लुङ युमा माङहिम समितीले निर्माण गरेको महागुरुको प्रतिमा अनावरण संगै किरात माङहिम बिहिबार किरात धर्म गुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्यूहरुले उद्घाटन गर्नु भएको हो ।
Advertisement
माङहिम तथा प्रतिमा अनावरण कार्यक्रममा अङसीमाङ आत्मानन्द ‘सेइङ’ ज्यूले आशीर्वचन समेत प्रदान गर्नुभएको थियो ।
माङसेबुङ हेरिटेज प्रालि इलाममा निर्माण गरेको आठ फुट आठ ईन्चको महागुरु फाल्गुनन्दको प्रतिमा इलामको माङसेबुङमा बनाइएको माङहिम समिति अध्यक्ष रुपा साँबा श्रेङले जानकारी दिए ।





















