फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लैजानुभएको छ । उहाँले भन्नुभयो,“अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।” अलैँचीमा विभिन्न रोग […]

माङसेबुङ ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द  ‘सेइङ’ ज्यूको ७० औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा ८ मंसिरदेखि सञ्चालन हुने “आत्मानन्द कप”  पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । रंगशालामा सरसफाई र प्याराफिट निर्माण कार्य सोबारदेखि सुरु गरिएको आत्मा पवित्र हक्चात यक्चुमका  अध्यक्ष मनकुमार आङ्बुहाङ लिम्बुले जानकारी दिए । […]

माङसेबुङ/महागुरु फाल्गुनन्दको देनले समाज सभ्य र सुसंस्कृत बन्दै गएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘महागुरु फाल्गुनन्दज्यूको ज्ञान र सिवाखाहुनलाई सही सदुपयोग गर्नुपर्छ तब मात्र आत्मा मुक्ति पाउन सकिन्छ ।’ किरात धर्म दर्शनदाता, महान समाज सुधारक, नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती समारोह […]

माङ्सेबुङ  । वन तथा वातारण मन्त्री वीरेन्द्र प्रसाद महतोले महागुरु फाल्गुनन्द लिङ्देन यो युगको एउटा महापुरुष रहेको बताएका छन् । शनिबार झापाको शिवसताक्षी नगरपालिका ९ चिल्लागढस्थित आयोजित महागुरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती समारोह कार्यक्रम सम्बोधन गर्ने क्रममा मन्त्री महतोले सो कुरा बताएका हुन् ।      भिडियो हेर्नुहोस : 

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८०’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ८ देखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८० को अवसरमा मंसिर ८ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । […]

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित एकतप्पाको रुपाटारमा किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाईएको छ । शनिबार सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा सेवा पूजा , शुभकामना आदानप्रदान कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङ्देनकिो जन्मजयन्ती भव्यताकोसाथ मनाईएको हो । कार्यक्रमको प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले दिप प्रज्वलन […]

किरात आवाज ।  झापाको शिवसताक्षी नगरपालिका – ९ अवस्थित चिल्लागढधाममा महागुरु फाल्गुनन्द लिङ्देन १३९ औ जन्मजयन्तीको पावन अवसरमा शनिबार  किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूले  आशीर्वचन प्रदान गर्नुभएको  छ ।  ( भिडियो सहित ) धर्मोपदेश हेर्नुहोस् भिडियो :   

माङ्सेबुङ । अमेरिकामा बसोबास गर्दै आइरहेका एक  सय किरात धर्मावलम्बी माङसेबुङ आउने भएको छ । भ्रमणमा केसिओए अमेरिकाका अध्यक्ष राजु इधिङगो, सचिब मिरा लोहोरुङ राई, पुर्व अध्यक्ष सुकमान सुहाङलगायतको टोली आगमी मसिर पहिलो हप्ता आउने भएको हो । अमेरिकास्थित किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका आइएन्सी फेसबुक ग्रुपमा माङसेबुङ भ्रमण २०२३ नाम दिदै ५५ जनाको नाम […]

प्यारा भक्तजन, चेलाहरु हो हाम्रो धेरै कुरा सुधार भएको छैन् । हाम्रा मान्छेहरु धान नाचेर सबै समय बिताउँछन् । मेला बजारमा गएर तरुणी तन्नेरी धान नाच्छन् । चौबिसौं घण्टा तरुणी तन्नेरी धान नाचेर बजारबाट छुट्छन् । अर्को मेला बजारमा भेटघाट हुने सल्लाह गरेर अनि उनीहरु भेट नभइञ्जेल तरुणीले तन्नेरीको र तन्नेरीले तरुणीको सम्झना गरिरहन्छन् । […]