ताप्लेजुङको सान्थाक्रामा राष्ट्रिय विभूति फाल्गुनन्दको प्रतिमा अनावरण हुँदै

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा  किरात धर्म दर्शनदाता महान समाज सुधारक  राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द  लिङदेनको सालिक उद्घाटन हुने भएको छ ।

किरात मुजोत्लुङ युमा माङहिम समितिले निर्माण गरेको सालिक यही चैत्र २२ गते किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम अङसीमामाङ साँवा पवित्राहाङमा लिङदेन ज्यूहरुको समुउपस्थितमा उद्घाटन हुने किरात मुजोत्लुङ युमा माङहिम समिति अध्यक्ष रुपा साँवा श्रेङले बताउनु भयो ।

Advertisement

उनका अनुसार आठ फुट आठ इन्चको पाँच हजार क्विन्टलको फाल्गुनन्द लिङदेनको सालिक माङसेबुङमा बनाएर सान्थाक्रा ल्याई सकिएको छ ।

सालिक उद्घाटन मूल समिति सचिव सुजता लाबुङका अनुसार चैत्र १७ गते तमोर त्रिवेणीमा साक्मुरा गाली श्राप बगाउने, चैत्र २० गते बिहान लाघुङ सेमी सेवा साथै चैत्र २२ गते किरात धर्मगुरु तथा गुरुआमा ज्यूहरुको हस्तबाहुलिबाट सालिक उद्घाटन गरिने आयोजक समितिले जनाइएको छ ।

माङहिम समिति अध्यक्ष रुपा साँवा श्रेङले सालिक र माङहिम विभिन्न संस्था तथा व्यक्तिको साथ सहयोगले बनाउन सफल भएको र यसलाई अझ व्यवस्थित बनाउन समेत थप रकमको आवश्यकता परेकोले आर्थिक सहयोग गर्न समेत आह्वान गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु