याङनाम – फिदिम नगरपालिका वडा नम्बर १० अवस्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थान याङनाम खलंगाटार रहेको छ । पाँचथर सदरमुकाम फिदिम ( फेदेन )  नगरपालिकादेखि पूर्व उत्तर क्षेत्रमा रहेको सुन्दर ठाउँ याङनाम खलंगाटारमा ९५ प्रतिशत भन्दा बढि लिम्बू समुदायको बसोबास रहेको यस थलोको ऐतिहासिक धार्मिक र प्रसाशनिक महत्त्व रहेको छ । स्थानीय डीबी हाङसरुम्बा लिम्बुले भने, ‘युमाले […]

पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको चेला  महर्षी  डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को जन्मजयन्ती मनाइएको छ । डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको आयोजनामा शनिबार पान्थरको फेदेन नगरपालिका ५ स्थित लोब्रेकुटीमा जौबारी कान्छाको ८८ औ जन्मजयन्ती मनाइएको हो । लिम्बु सांस्कृतिक परिषदका अध्यक्ष सागर केरुङ लिम्बूको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम […]

पान्थर । फिदिम नगरपालिका वडा नम्बर १० याङनाम, खलंगाटार अवस्थित किरात धर्म दर्शनदाता समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ । आगामी माघ १६ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ र मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्युहरुको माङ सवारीमा महागुरु फाल्गुनन्द प्रतिमा अनावरण, माङहिम उद्घाटन गरिने कार्यक्रम रहेको छ […]

किरात आवाज । पञ्चतत्वको पनि मालिक रहेको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । पञ्चतत्व बिना मानव अस्तित्व सम्भव नरहने बताउनु भयो । इलामको माङसेबुङमा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोहको शुक्रबार समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । भिडियो हेर्नुहोस 

इलाम । प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । इलाम सदरमुकाममा शनिबारबाट सुरु भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक रेडहर्षले बिजयी सुरुवात गरेको हो । जितसँगै आयोजक सेमीफाइनल प्रवेश गरेको छ । आयोजकका जितमा राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका […]

किरात आवाज । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण महान सेवा समारोह समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका-५ स्थित माङसे्बुङमा माघ ६ गतेसम्म हुने खिबेक्वा याक्वा सेवा समारोह कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको देव समुपस्थितिमा प्रमुख […]

किरात आवाज । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औ जन्मोत्सव मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिएकोमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई सम्मान गरेको छ । शुक्रबार खिबेक्वा याक्वा सेवाको अवसरमा किरात धर्मगुरु ७० औ जन्मोत्सव समारोह समितिले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट माई […]

माङसेबुङ  । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोहको तयारी पूरा भएको छ । माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार (आज) विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको छ । सो सेवामा […]

माङसेबुङ/ इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा माघ २३ गतेदेखि १४ औ संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता  सञ्चालन हुने भएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेनाको अवसरमा आयोजित पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता माघ २३ देखि  शुरु  हुने भएको हो  […]

दमक । किरात याक्थुङ चुम्लुङको सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम मंगलबार झापाको दमकमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनलाई अभिनन्द गरिएको छ ।प्रशिक्षण कार्यक्रममा संघीय अध्यक्ष येक्तेनले किरात याक्थुङ चुम्लुङको उद्धेश्य, सांगठनिक ढाँचा, चुम्लुङको तहगत संगठनमा आबद्ध भई काम गर्नेहरूको काम, कर्तव्य, […]