इलाम । फोनिज इलामको स्थापनामा हरेक वर्ष फोनिजको स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार सुजता सुनुवारलाई प्रदान गरिएको छ । आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवारलाई १० हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत […]
माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन रहेको रोमान्टिक गित ‘घुम्न जाउँ धरान शहर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक दिप्सन लिम्बू र गायिका मेलिना मैनालीको आवाज रहेको गित ‘घुम्न जाउँ धरान शहर’ मा राजहाङ आङबोको शव्द तथा दिप्सन लिम्बूको संगीत रहेको छ । तामाङ जातीको भाषा, भेषभुषा र संस्कृति प्रसतुत गरिएको भिडियमा […]
माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रममा नालीफुङ्वा जुझारु पुरस्कार -२०८१ वितरण गरिएको छ । शनिबार माङसेबुङ-५, अवस्थित आयोजित स्थापना दिवस कार्यक्रममा किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो झापाका अध्यक्ष डिल्ली इङनाम र थुम पान्जुम्भो मोरङका सचिव लक्ष्मी जवेगुलाई किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिती अध्यक्ष केहेरसिं योङ्हाङको प्रमुख आतिथ्यमा नालीफुङ्वा […]
माङसेबुङ । इलामको माङसेबुङ – ५, अवस्थित किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रम शनिबार विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि माङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङदेन रहनुभएको थियो । स्थापना दिवसमा किरात धर्ममा महत्वपूर्ण योगदान […]
माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २४ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि आज शनिबार मनाइदैछ । इलामको माङसेबुङ -५ अवस्थित किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको कार्यलयमा शुभकामना आदानप्रदान कार्यक्रमबिच नालिफुङ्वा पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पान्जुम्भोको कार्यबाहक सचीव लोकेन्द्र कार्कीले जानकारी दिए […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्त्व विषायक अन्तरक्रिया कार्यक्रम गत शनिबार सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको चौथो श्रसङखला किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले सेमि बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा साहित्यकार तथा साङदाङगेन वरुमसाबा इन्द्रहाङ आङदेम्बेले सिसेक्पा तङनामको महत्त्वबारे अवधारणा प्रस्तुत गरेका […]
माङसेबुङ । माङसेबुङ सेवा समाज दक्षिण कोरियाको सहयोगमा माङसेबुङमा बृक्षरोपण गरिएको छ । विहिबार किरात हाङसाम माङहिम परिसरमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको हस्तवाहुलीबाट बृक्षरोपन कार्यक्रमको सुरुवात गरिएको थियो । माङसेबुङ येहाङमुक कोक्मा ताङभुला ताङसेपका अध्यक्ष इन्द्र प्रसाद आङदेम्बेको अध्यक्षतामा मयुर धुप ४ सय बोट रोपण गरिएको हो । किरात धर्मावलम्बीहरुको […]
किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो । कास धातुबाट निर्माण गरिने प्रतिमा आउदो भदौ अन्तिमसम्ममा निर्माण सम्पन्न हुने गरि काम सुरु भई सकेको कियाचु इजरायकी अध्यक्ष नुमा काङ्वा बोखिमले बताइन् । उक्त याःलाङ् प्रति साढे […]
माङसेबुङ । गायक आधार तुम्बापो र गायिका मोनिका लोहोरुङको आवाजमा किरात धार्मिक जागरण गित ‘सेवारो आदाङबा आदाङमासे’ सार्वजनिक गरिएको छ । उजल ताङलुवा राईको शव्द तथा आधार तुम्बापोको संगीतमा किरात धार्मिक जागरण गित ‘सेवारो आदाङबा आदाङमासे’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । फणिन्द्र राईको संगीत संयोजन तथा युटिआर प्रडक्शनको प्रडक्शन तथा पोष्टप्रडक्शन रहेको भिडियो युटिआर […]
माङसेबुङ । किरात धार्मिक सहिद नरध्वोज लाओती स्मृति यु—१४ पुरुष फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द सदनले चुमेको छ । आत्मा—पवित्र हक्चात यक्चुमको आयोजनामा मंगलबार इलामको माङसेबुङ ५, मा अवस्थित आत्मानन्द खेल मैदानमा भएको फाईनल खेलमा सिरिजंगा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै फाल्गुनन्द सदनले उपाधि चुमेको हो । उपाधि चुमेसँगै फाल्गुनन्दले नगद ५ हजारको साथमा ट्रफी, […]