माङसेबुङ । राष्ट्रिय विभूति , महान समाज सुधारक मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । आगामी कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो ।
किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङको आयोजनामा महागुरु लिङ्देनको जन्मजयन्ती धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरुको जन्मजयन्ती मनाउन लागिएको सङ्घका जिल्ला अध्यक्ष कर्ण पालुङ्वाका जानकारी दिएका छन् ।
Advertisement
फुङ्लिङ बजारनजिक बिहीबारेमा रहेको किरात माङ्हिममा मनाइने जन्मजयन्ती कार्यक्रमको तयारीलाई तिब्र पारिएको अध्यक्ष पालुङ्वाले जानकारी दिनुभयो ।राष्ट्रिय विभूति एवम् महागुरु लिङ्देनको जन्म वि।सं १९४२ कात्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बा गाउँमा भएको थियो ।






















