आत्मानन्द कपको प्रथम पुरस्कार इधिङगो दम्पतीले दिने – kiratawaj

माङसेबुङ । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आगामी मंसिर ७ गतेदेखि सुरुहुने आत्मानन्द कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार इधिङगो दम्पतीले सहयोग गर्ने भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नोमाङगेन्नाको अवसरमा ‘विश्व शान्ति र मानव एकताका निम्ति फुटबल’ भन्ने नाराका साथ आयोजित आत्मानन्द गोल्ड कप २०८२ को प्रथम पुरस्कार क्यानडा निवासी हंसबहादुर इधिङ्गो र धनलक्ष्मी साँबाका छोराबुहारी बृन्दा कार्की इधिङ्गो हिम्साबा तेन्जिङ इधिङगो दम्पतीले  प्रदान गर्ने भएको हो ।

Advertisement

आत्मान्द गोल्ड कपको प्रथम पुरस्कार रु. ३,११,१७२ (तीन लाख एघाार हजार एक बहत्तर) इधिङगो परिवारले प्रदान गर्ने सहमति भएको संयोजक मनहाङ आङबुहाङले जानकारी दिनुभयो । इघिङगो दम्पत्तिले आत्मानन्द कपको गत संस्करणमा पनि रू. १७०, १७१ (एक लाख सत्तरी हजार एक सय सत्तरी) प्रदान गर्नुभएको थियो । यसैगरी दोस्रो पुरस्कार रू.२,११,१७२ (दुई लाख एघाार हजार एक बहत्तर) किरात धर्म तथा साहित्य उत्थान संघ युकेले सौजन्य गर्ने भएको छ । खेलमा विभिन्न विधामा र हरेक म्याचमा प्रदान गरिने म्यान अफ द म्याचका लागि पुरस्कार. रू.६४,८५२ (चौसठ्ठी हजार आठ सय बाहुन्न) अमेरिका निवासी राजु इधिङगो परिवारले प्रदान गरको संयोजक आङबुहाङ बताउनुभयो ।

आत्मानन्द गोल्ड कप २०८२ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा संचालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको छ । सहभागी टिमहरुमा नेपालबाट दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा, दुधे युथ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पान्थर, माङसेबुङ गाउँपालिका र युथ अफ माङसेबुङ इलाम रहेका छन् । यसैगरी भारतबाट कञ्चनजंघा फुटबल क्लब सिलगुडी रहेको छ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवर्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही रू.८१७२ का साथ नगर र ट्रफी प्रदान गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं । यसैगरी उदयमान खेलाडी, उत्कृष्ट कोचले जनही रू.८१७२ का साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । साथै खेलका म्यान अफ् द म्याचले रू.५१७२ प्राप्त गर्नेछन् ।

किरात धर्मगुरुज्यूको जन्मोत्सवको अवसरमा म्याराथन, छेलोे हान्ने, धनुबाँड हान्ने, हाँडी फुटाई लगायतका खेलहरुसमेत आयोजना गरिने छ । खेलको आयोजना किरात धर्मगुरु नोमाङगेन्ना सेवा समितिको मातहतमा रहेर आत्मपवित्र खेल कुद समितिले आयोजना गर्ने छ ।
आत्मानन्द कप सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णलाई आयोजक समितिले नोगेन प्रदान गर्दै सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु