माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्युहरु मंगलबार झापाको कमल गाउँपालिका ३, केर्खामा माङ सवारी हुने भएको छ ।
किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औं जन्मजयन्ती समारोहमा केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरण कार्यक्रमको लागि अङसीमाङ तथा अङसीमामाङज्युहरुको माङ सवार हुने भएको हो ।
Advertisement
केर्खामा आयोजित कार्यक्रम समापनपछि झापाको दमक ६ मा अवस्थित किरात युमा माङहिममा पनि मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको सवार हुने कार्यक्रम रहेको गुरु सवार संयोजक किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना समितिका अध्यक्ष केहेरसिंह योङहाङले जनाएको छ ।
।






















