माङसेबुङ/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस कार्यक्रमकोे अवसरमा खड्ग सङबाङफे र पूर्व केन्द्रीय कलाकार सुनिता मिभक लाई अभिनन्दन सहित सम्मान गरिएको छ । शनिबार पान्जुम्भोकोे सम्पन्न कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्य र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यमा सम्पन्न […]
माङसेबुङ । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४५ औं स्थापना दिवस तथा सातौं केन्द्रीय सम्मेलन कार्यक्रमको तयारी सुरु गरिएको छ । पान्जुम्भोको यही असोज २२ गतेदेखि २६ गतेसम्म किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा आयोजना गरिने पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् । पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार सम्मेलनको पहिलो दिन बुधबार (असोज २३ गते) साक्मुरा वादेम्मा […]
किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो । कास धातुबाट निर्माण गरिने प्रतिमा आउदो भदौ अन्तिमसम्ममा निर्माण सम्पन्न हुने गरि काम सुरु भई सकेको कियाचु इजरायकी अध्यक्ष नुमा काङ्वा बोखिमले बताइन् । उक्त याःलाङ् प्रति साढे […]
माङसेबुङ – किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाएका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किरात समुदायले सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम […]
झापाको दमकस्थित तुमिरो क्याफेमा ‘किरात इत्नाम’ को दोस्रो शृङ्खला किरात साम्जीक मन्धुममा योग अभ्यास र ध्यान सम्बन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ । मुन्धुम अध्येता तथा साहित्यकार हरि हुक्पाचोङबाङद्वारा प्रस्तुत हुने मुन्धुममा योग अभ्यास र ध्यान बारेमा छलफल गर्ने उद्देश्यकासाथ भोलि शनिबार दमकको तुमिरो क्याफेको हलमा अन्तरकृया कार्यक्रम सम्पन्न हुने भएको हो । यस कार्यक्रमको […]
किरात समुदायले उभौली पर्व विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। देशभर बिहिवार विभिन्न कार्यक्रमको आयोजना गरेर उभौली मनाइएको हो। विधिवतरूपमा पूजा आराधना गरेर उभौली पर्व मनाउने गरिन्छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्छन् ।
बेलायत । युकेको ननिटोन हेरिटेज सेन्ट्रमा आत्म पवित्र किरातेश्वर गौशला ( पित काम्ब्राङ ) बेलायत शाखा प्रवास समिति तीलबहादुर लाओतीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ । गत आइतबार २४ अप्रीलमा युकेको हेरिटेज सेन्ट्रमा विदेश विभाग प्रमुख आशा थोप्राको अध्यक्षतामा बसेको भेलाले लाओतीको अध्यक्षतामा किरातेश्वर गौशाला बेलायत प्रवास समिति गठन गरेको हो । […]
मोरङ । किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका नवनिर्वाचित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथग्रहण तथा मनोनयन पत्र वितरण गरिएको छ । शुक्रबार मोरङको पथरी शनिश्चरे १, शिविर डाँडामा अवस्थित किरात हाङसाम माङहिममा भएको भेलाले गत बैशाक १० गते सम्पन्न किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङको पाचौं अधिवेशनवाट नवनिर्वाचित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथग्रहण तथा मनोनयन पत्र […]
ताप्लेजुङ । हामीले आफ्नो धर्म संस्कृति र भाषा साहित्यलाई चिन्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ । बिहिबार ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा अनावरण तथा नवनिर्मित किरात मुजोत्लुङ युमा माङहिमको उद्धघाटन पछि आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङले सो […]
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफु इलामसँग जोडिन माङसेबुङ आएको बताएका छन् । गत बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मेयर साम्पाङले स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको समर्थनमा आफु इलामसँग जोडिन आएको बताएका हुन् । ‘तपाईहरुको दुखमा सँगसँगै रुन र तपाईहरुको सुखमा सँगसँगै हाँस्न म माङसेबुङ […]