किरात धर्मगुरु लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव बेलायतमा मनाइयो

बेलायत । बेलायतमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा भव्य रुपमा मनाइएको छ ।

किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका अध्यक्ष साङदाङगेन वरुमसावा मङगल सिङ लिङदेनको प्रमुख आतिथ्यमा युकेको गोर्खा कर्नर ननिटोन सहरमा १८ मंसिर तदनुसार ०४ डिसेम्बर २०२५ बिहिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एक कार्यक्रमविच मनाइएको छ ।

Advertisement

मिडलेन्ड छेत्र निवासी वयोबृद्ध आईतराज लाओतीको अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघ युकेका उपाध्यक्ष तथा किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका उपाध्यक्ष तिलकुमार लाओतीको कार्यक्रम सञ्चालनमा पहिलो पटक औपाचारिक कार्यक्रमको आयोजना गरिएको हो ।

विगतका बर्षहरुमा सामुहिक रुपमा माङगेन्ना चोत्लुङ उठाउने सेवा गर्दै आएकोमा यसबर्ष तिल लाओतीको संयोजनमा र मिडलेन्ड छेत्रका किरात धर्मावलम्बीहरुको सकृयतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक तिल लाओतीले बताउनु भयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु