झापा / किरात लिम्बू  भाषा, साहित्य र किरात  लिपि पुनर्त्थानकर्ता  त्येअङसी सिरिजंगा सिंथेबेको ३ सय १९औं  जन्म-जयन्ती मनाइएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको कार्यालय चुम्लुङहिमको परिसरमा स्थापना गरिएको शालिकमा माल्यार्पण गरि थेबेको जन्म-जयन्ती मनाइएको हो । बि.सं. १७६१ मङ्सिर २९ गते (मङ्सिरे पूर्णिमाको दिन) तद्नुसार सन् १७०४ मा पूर्व लिम्बुवानको याङवरकथुम सिनाम […]

दमक । किरात याक्थुङ चुम्लुङको अगुवाईमा झापाका विभिन्न ठाउँहरुमा चासोक तङनाम भब्य रुपमा मनाइने भएको छ । शुक्रबार दमकमा पत्रकार सम्मेलको आयोजना गरी कार्यक्रमबारे जानकारी दिदैं किरात याक्थुङ चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले चासोक तङ्नामलाई चुम्लुङले विशेष महत्व दिएको बताएका छन् । चासोक र याक्थुङ लिम्बूहरुले प्रयोग गर्ने सिरिजंगा लिपीको पुनः उत्थानकर्ता सिरिजंगा थेबेको ३१९ […]

थालनी  : आफ्नो जाति, धर्म,भाषा,लिपि संस्कार संस्कृतिको उत्थानमा लागिपरेका किरात धर्मदर्शन प्रचारप्रसार गर्ने क्रममा छत्र सावदेन लाई तत्कालीन माओवादी सशस्त्र समुहद्वारा इलामको जितपुरको लिङदीङबाट बि.स. २०५९ पुस ४ गते अपहरण गरेर पुस ६ गते दानाबारीको सहबिरे जंगलमा निर्ममता पूर्वक हत्या गरेको यहि पुस ६ गते २२ औ बर्षमा प्रवेश गरेको छ । आफ्नो भाषा,धर्म,लिपि साहित्यको […]

किरात धर्म र संस्कृति किरात धर्मदर्शन तागेरा निङवाभूमाङको उत्पत्तिबाट शुरु हुन्छ। यसका साथै विश्व ब्रह्माण्ड चराचर जगतको व्याख्या विश्लेषण मुन्धुमले गर्छ। मुन्धुम आत्मसात् गर्ने किरात धर्मदर्शन साक्षात, अनन्त, अथाह, अखण्ड छ। जहाँ ज्ञानै ज्ञानको खानी छ। अनन्त दर्शन किरात धर्ममा पाइन्छ। किरात धर्म, कर्म, संस्कार, संस्कृति, साहित्यको पनि तागेरा निङवाभूमाङको उत्पत्तिसँगै उत्थान भएको विश्वास गरिन्छ। […]

माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्री भोलि बुधबार  काकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने भएको छ । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ  दिनमा भोली काकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्दैछन् ।  उनीहरुको स्वागत सम्मानको लागि काकरभिट्टा प्रवेशद्वार गेटमा भोली बुधबार बिहान ८ बजे स्वागत गरीने […]

ᤔᤠᤱᤛᤣᤒᤢᤱ: ᤁᤡᤖᤠᤋ᤻ ᤛᤠᤶᤕᤠᤣᤌᤠᤁᤢ ᤔᤢᤜᤡᤅ᤻ᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤱ ᤗᤡᤱᤍᤧᤴ ᤀᤠᤳᤔᤠᤏᤴᤍ ᤛᤣᤀᤡᤱᤖᤧ ᥍᥆ ᤛᤡᤃᤣᤁ᤻ᤐᤠ ᤏᤠᤣ-ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶ ᤌᤡᤶᤒᤣ᤹ᤀᤡᤴ ᤔᤡᤴ ᤁᤡᤡᤖᤠᤋᤡᤖᤧ ᤛᤢᤏᤠᤜᤴ ᤆᤠᤣᤃᤢ ॥ ᤛᤠᤰᤌᤡᤶ, ᤋᤠᤰᤁᤖ ᤏᤢ ᤕᤢᤰᤑᤠᤣᤛᤠ ᤑᤧᤔᤠᤜᤠᤱᤜᤡᤶᤒᤠ ᤋᤢᤶᤔᤠᤩᤱ ᤛᤢᤍᤏ ᤁᤡᤖᤠᤋᤡᤖᤧ ᤔᤠᤱᤛᤣᤒᤢᤱ ᤛᤠᤶᤕᤠᤣ ᤌᤠᤁᤢᤖᤧ ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶᤔᤠᤣ ᤐᤣᤀᤠᤱ, ᤏᤣᤐᤠᤗ ᤗᤠᤈᤣ᤹ᤀᤡᤴ ᤛᤠᤶᤕᤠᤣᤒᤠ ᤛᤠᤰᤌᤡᤶ ᤏᤢ ᤕᤠᤱᤄᤴᤖᤧ ᤁᤠᤵᤋᤢᤒᤠ ᤋᤧᤴ ᤕᤖᤡᤰ ᤏᤧᤛᤠᤱ ᤁᤢᤈᤠᤣᤁ᤻ ᤔᤧᤴᤃᤧᤳᤋᤣ ᤘᤠᤒᤠ ॥ ᤁᤴ ᤕᤠᤔ᤻ᤒᤰᤂᤠ᤹ᤀᤠᤣ ᤀᤠᤸᤗ ᤋᤱᤍᤱᤒᤠ ᤕᤢᤰᤑᤠᤣᤖᤧ ᤌᤠᤣᤒᤠᤣ ᤆᤠᤣᤃᤢᤖ ᤋᤣ᤹ᤖᤢᤒᤠ ᤌᤡᤶᤒᤣ᤹ᤘᤠᤒᤠ […]

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले एकता भए विश्वलाई नै संचालन गर्ने नयाँ दर्शन दिन आएको  बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित किरात हाङ्साम मुजोत्लुङ माङहिमको कार्यक्रम प्राङ्गणमा मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको दोस्रो दिन १९ […]

माङसेबुङ : अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि आएका  किरात धर्मावलम्बी भक्तजनहरुले झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा सेवा गरेको छ। किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा विहिबार लाधुङसेमी सेवा सम्पन्न गरिएको हो। यसअघि मंसिर ९ गते झापाको माइधार स्थित दोमुखामा साक्मुरा वदेम्मा ( गालीस्राप बहन्ती ) आयोजना गरिएको थियो । संस्थाको नेतृत्वमा १ सयभन्दा बढी भक्तजनहरु माङ्सेबुङ […]

माङसेबुङ । भारतको आसामबाट तीनजना किरात धर्मावलम्बीहरुले विश्व शान्तिको कामना गर्दै माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको छ । आसामको लाखिमपुर जिल्लाबाट मंसिर ३ गते ११ नोभेम्बर २०२३ मा सुमन राई , पन्चबहादुर राई र राज लिम्बुले किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि किरात धर्मगुरु गुरुआमा ज्यूहरुको निजि गुरु आश्रम लारुम्बा माङसेबुङ इलाम सम्म धार्मिक पदयात्रा सुरु गरेको […]

माङसेबुङ । पर्यटकीय रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा रहेको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको हो । त्रिधार्मिक पर्यटन उत्सवमा किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए । धार्मिक,पर्यटकीय गन्तव्यको रुपमा परिचित माईपोखरी […]