इलाम : किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्ञानसिद्धभूमी देउमाई नगरपालिका ९ खत्रक्पामा माघे संक्रान्ती सत्यहाङमा शान्ति मकरस्नान लाघुङसेमी महान सेवा समारोह कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार इलामको माई नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थल खत्रक्पामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव समुपस्थितिमा माघे सङ्क्रान्ति सत्यहाङ्मा शान्ति मकरस्नान लाधुङसेमी महान् सेवा समारोह कार्यक्रमका प्रमुख आतिथ्य पूर्वमन्त्री बसन्त कुमार नेम्वाङले महाबत्तिमा दिपप्रज्वलन गरेर कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियोे ।
Advertisement
राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दले गुफा साधना र ज्ञान प्राप्ति गरेको ज्ञानसिद्दभूमी खत्रक्पा र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ ज्युले ज्ञान प्राप्त गर्नुभएको फुलुङगी क्षेत्रमा एक साल वारि र एकसाल पारी गरेर प्रत्येक बर्ष सत्यहाङमा शान्ति मकरस्नान सेवा संगै मेला लगाइन्दै आएको छ ।
कार्यक्रममा पूर्वमन्त्री बसन्तकुमार नेम्वाङ , नेपाली कांग्रेस महासमिति सदस्य भेषराज आचार्य , माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेबुङ वडा नम्बर ३ अध्यक्ष लक्ष्यमण खम्बु जनम, माई नपा वडा नम्बर ७ अध्यक्ष बुद्धि खनाल, वडा नम्बर १ अध्यक्ष राम राई , किरात धर्म तथा साहित्य उथान संघ अध्यक्ष डकेन्द्रसिं थेगिमले सम्बोधन गरेका थिए ।
प्रमुख अतिथी नेम्बाङले महागुरु फाल्गुनन्दले ज्ञान साधना गर्नुभएको स्थलको विकासका लागि को सरकार पक्ष को प्रतिपक्ष सबै मिलेर बिकास गर्नुपर्ने बताउनु भयो ।
माघे सङ्क्रान्ति सत्यहाङ्मा शान्ति मकरस्नान लाधुङसेमी महान् सेवा समारोह अध्यक्ष लोकबहादुर लिङदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रम सन्देश लिङ्देनले सञ्चालन गरेका थिए ।