पान्थर। किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय बिभुती मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको समाधिस्थल ध्वाजेडाडा सिलौटीमा फाल्गुनन्द प्रतिमा शिलान्यास गरिएको छ ।
बुधबार महागुरुको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटको पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो ।
Advertisement
शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ नम्बर वडा अध्यक्ष सन्तोष नेम्बाङ, सोही वडाका सदस्य वीरबहादुर नेम्बाङ, फिदिम नगरपालिका ३ नम्बर वडा अध्यक्ष नरेन्द्र गुरुङ, सिलौटी माङहिमका पुर्व माङ्सेवासाबा नीलकुमार नेम्बाङ, गुरु नीजि आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक ब्यबस्थापन समिती अध्यक्ष ताराबिर नेम्बाङ, किरात याक्थुङ पेभाकुम नेम्बाङ संजुम्भो अध्यक्ष ननदकुमार नेम्बाङ, किरात प्रज्ञा प्रतिष्ठान सचिब भगिहाङ नेम्बाङ, लब्रेकुटी माङ्हिम माङ्सेवासाबा ध्रुब तुम्बापो, श्री सिलौटी नाम्भुनयक सामुदायिक बनका सहसचिव टेकबहादुर बम्जन लगायत विभिन्न राजनीतिक प्रतिनिधिहररु, पान्थर, इलाम, ताप्लेजुङलगायतका किरात धर्मावलम्बीहरुकोे उपस्थितिमा शिलान्यास भएको छ ।
शालिक इलामको माङ्सेबुङ ५ स्थित माङ्सेबुङ हेरिटेज प्रा.लि. ले निर्माण गरेको हो ।





















