पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको पान्थरको खलङगाटारमा देवसवार हुने भएको छ ।
किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुर्णकदको प्रतिमा अनावरणको लागि याङनामको खलङगाटारमा धर्मगुरु र गुरुआमाज्युहरुको देवसवार हुने भएको हो ।
Advertisement
आगामी माघ १६ गते महागुरुको प्रतिमा अनावरण समारोह कार्यक्रममा धर्मगुरु र गुरुआमा खलङगाटारमा देवसवार हुने आयोजक सँस्था शालिक अनावरण एंव मुन्धुमी पर्यटन सेवा समारोहका संयोजक विरहाङमा तुम्बापो (थाम्सुहाङ) ले जानकारी दिए ।
खलङगाटार क्षेत्रको प्रवर्द्धनका लागि शालिक अनावरण एंव मुन्धुमी पर्यटन सेवा समारोह कार्यक्रमको आयोजना हुने समितीका सह–संयोजक सागर केरुङले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत माघ १३ गते उपस्थित हुने, १४ गते साकमुरा वदेम्मा, १५ गते येत लाधुङ सेमि सेवा र १६ गते धर्मगुरुद्धारा आशिर्वचनको कार्यक्रम तय भएको समारोहका अर्थ सचिव नरेन्द्रराज केरुङले जानकारि दिनुभयो । समारोह आयोजनाको लागि यस यसअघि मुल आयोजक समारोह समिती र उप–समितीहरु गठन गरिएको छ ।

पाँचथरको फिदिम नगरपालिका १० मा पर्ने खलङगाटार धार्मिक ऐतिहासिक एंव पर्यटककिय स्थल हो । ९० दशकको महागुरुले फक्ताङलुङ यात्रा गर्ने क्रममा खलङगाटारमा पुजा गर्दै जानुभएको इतिहासमा छ । त्यसैलेपनि यो क्षेत्र धार्मिक रुपमा महत्वपुर्ण मानिन्छ ।





















