झापा / किरात लिम्बू भाषा, साहित्य र किरात लिपि पुनर्त्थानकर्ता त्येअङसी सिरिजंगा सिंथेबेको ३ सय १९औं जन्म-जयन्ती मनाइएको छ ।
किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको कार्यालय चुम्लुङहिमको परिसरमा स्थापना गरिएको शालिकमा माल्यार्पण गरि थेबेको जन्म-जयन्ती मनाइएको हो ।
Advertisement
बि.सं. १७६१ मङ्सिर २९ गते (मङ्सिरे पूर्णिमाको दिन) तद्नुसार सन् १७०४ मा पूर्व लिम्बुवानको याङवरकथुम सिनाम तेल्लकमा माता पुघाङमा र पिता पारूहाङको कोखबाट जन्मनुभएका त्येअङ्सी सिरिजङगा सिंथेबे लिम्बू भाषा साहित्य उत्थानको बिकास गर्दै किरात सिरिजङगा लिपि प्रचार गर्दै जाँदा राज्यको दमनकारी नीतिको कारण निर्वासित हुनुभएका थेबेलाई सिम्किममा बि. सं. १७९८ तद्नुसार सन् १७४१ मा मारिएका हुन् ।
चुम्लुङ अध्यक्ष सेसेहाङ फियाकको सभापतित्वमा सम्पन्न जन्म-जयन्ती समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय महासचिव निरन्ती तुम्वापो, राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जवेगु, शालिक संरक्षक अध्यक्ष तथा चुम्लुङ जिल्ला सल्लाहकार क्या. जगनधोज वनेम, नेपाल अादिवासी जनजाति महासंघ झापा पूर्व उपाध्यक्ष तथा पूर्व चुम्लुङ जिल्ला सदस्य गंगासागर सेर्मा, कियाचु विर्तामोड-५ का वडा अध्यक्ष योगेन्द्र कुरूम्बाङ लगायतका महानुभावहरूले त्येअङ्सी थेबेको जीवनचर्चा गर्दै सिरिजङगा सिंथेबेले भाषा र साहित्यको क्षेत्रमा पुनर्उत्थान गर्नुभएको योगदानलाई मूल्याङकन गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे ।
चुम्लुङ जिल्ला सह-सचिव शरण लोवाको स्वागत मन्तव्य रहेको कार्यक्रम जिल्ला चुम्लुङ सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेका थिए ।





















