झापाको दमकस्थित तुमिरो क्याफेमा ‘किरात इत्नाम’ को दोस्रो शृङ्खला किरात साम्जीक मन्धुममा योग अभ्यास र ध्यान सम्बन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ । मुन्धुम अध्येता तथा साहित्यकार हरि हुक्पाचोङबाङद्वारा प्रस्तुत हुने मुन्धुममा योग अभ्यास र ध्यान बारेमा छलफल गर्ने उद्देश्यकासाथ भोलि शनिबार दमकको तुमिरो क्याफेको हलमा अन्तरकृया कार्यक्रम सम्पन्न हुने भएको हो । यस कार्यक्रमको […]

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज शुक्रबार कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । भोलि शनिबार कक्षा ११ को परीक्षा हुने जनाइएको छ । इलामको माङसेबुङ ५ अवस्थित श्री सरस्वती माध्यमिक बिधालयमा कक्षा १२ को परिक्षा सफलतापुर्वक सम्पन्न भएको हो । परीक्षामा पूर्वका विभिन्न जिल्लाबाट […]

ओत् तागेरा निङ्वाभू माङे सेवारो ! आज यस चिल्लागढ धाममा हामी सबै भक्तजनहरु भेला भएका छौं । महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा यस थलोमा व्यापक रुपमा स्वदेश तथा विदेशबाट सबै भक्तजनहरु जम्मा भएका छौं । हामीले महागुरुको जन्मजयन्ती वर्षेनी मान्ने गरेका छौं । हामी पोहोरको साल यतिबेला ताप्लेजुङमा थियौं । अहिले हामी झापाको चिल्लागढमा आएका छौं […]

तेह्रथुम/ तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिशतले काम सम्पन्न भएको छ । सो भवनको लागि सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा माठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको […]

आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस्तो छ बजेटको पूर्णपाठ

किरात समुदायले उभौली पर्व विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ  मनाइएको छ। देशभर बिहिवार विभिन्न कार्यक्रमको आयोजना गरेर उभौली मनाइएको हो। विधिवतरूपमा पूजा आराधना गरेर उभौली पर्व मनाउने गरिन्छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्छन् ।    

बेलायत । युकेको स्विडण्नमा उभाैलि खिबेक्वा याक्वा सेवा हुने भएको छ ।  किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतकाे आयाेजनामा २५ मे २०२४ गते शनिवारका दिन खिबेक्वा याक्वा आप्लुङगेन्न ताङसेप चाेमेन सेवा हुने भएकाे हो । बेलायतकाे विभिन्न ठाउँमा बसाेबास गर्दै आएका सम्पुर्ण किरात धर्मलवम्बी तथा शुभचिन्तक महानुभावज्युहरुकाे बाक्लाे उपस्थितिमा सेवा हुने संयाेजक […]

माङसेबुङ – संसारभरका किरात धर्मावलम्बीले आज बैशाक २४ गते सोमबार विविध कार्यक्रमको आयोजना गरि ९४ औँ किरात समाज सुधार दिवस मनाउँदैछन् । विसं १९८८ वैशाक २४ गते पाँचथरको लब्रेकुटीमा किरात धर्म दर्शनदाता मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको सक्रियतामा तत्कालीन १० लिम्बुवान १७ थुमको तुत्तु तुम्याहाङको विराट भेलाले किरात समाजमा व्यव्त कुरिति कुसंस्कार हटाई […]

दमक । झापाको दमकमा याक्थुङ केलाङ सङजुम्भोको आयोजनामा १५ दिने केलाङ (च्याब्रुङ) प्रशिक्षण कार्यक्रमको समापन गरिएको छ शुक्रबार झापाको दमक नगरपालिका वडा नम्बर १, येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा एक कार्यक्रम गरी १५ दिने केलाङ प्रशिक्षणको समापन गरिएको हो । गत बैशाक ७ गते देखि सुरु भएको केलाङ प्रशिक्षणमा जम्मा १९ जना प्रशिक्षार्थीहरुले सहभागीता […]

बेलायत । युकेको ननिटोन हेरिटेज सेन्ट्रमा आत्म पवित्र किरातेश्वर गौशला ( पित काम्ब्राङ ) बेलायत शाखा प्रवास समिति तीलबहादुर लाओतीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ । गत आइतबार २४ अप्रीलमा युकेको हेरिटेज सेन्ट्रमा विदेश विभाग  प्रमुख आशा थोप्राको अध्यक्षतामा बसेको भेलाले लाओतीको अध्यक्षतामा किरातेश्वर गौशाला बेलायत प्रवास समिति गठन गरेको हो । […]