‘नो केबलकार समूह’ले सरकारसँग वार्ताको वातावरण बनाउँन चार बुँदे शर्त सार्वजनिक

विज्ञप्तीमा भनिएको छ ‘वार्ता र सम्बादको माध्यमबाट समस्या समाधान गरिनुपर्छ भन्नेमा हामी सदैब सकारात्मक र जिम्मेवारीपूर्ण ढंगबाट भूमिका निर्वाह गर्न प्रतिबद्ध छौ । तसर्थ माथिका शर्तहरु पुरा भएपछि हामी परिणाममुखी वार्तामा सामेल हुनेछौ ।’

Advertisement

१३ विभिन्न संस्था र ९ अन्तर दलीय संगठनका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तीमा ‘वार्ताका लागि वार्ता होइन् । अधिकार सम्पन्न वार्ता समितिसँग निष्कर्ष सहितको परिणामुखी वार्तामा बसौं’ भनेर  प्रस्ताव समेत गरिएको छ ।

यसअघि नो केबुलकार समूहको वार्ता सहजिकरण समितिले गएको माघ २२ गते सह सचिव प्रेमप्रसाद भट्टराईले नेतृत्व गरेको सरकारी वार्ता टोलीसँग विभिन्न छ बुँदे सहमति गरेको थियो । सहमति पुरा भएपछि थप वार्ता माघ २७ गते बस्ने भनिएकोमा सरकारले सहमति पुरा नगरी वार्ताको वातावरण नबनाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएको थियो । यसै क्रममा गएको शनिबार प्रदर्शनका क्रममा स्थानीय प्रशासनले बल प्रयोग गरी कुटपिट गर्दा ५ घाइते भएका थिए । यसै क्रममा १५ जना पक्राउ गरेर निशेधाज्ञा समेत जारी गरेको छ ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेकालाई म्याद थप गरेर ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु