प्रदेश नम्बर १ को १४ जिल्लामा बिरोध सभा

इलाम । प्रदेश नं. १ को नाम कोशी नामाङ्कनको दिन फाल्गुन १७ गते पहिचान पक्षधरले कालो दिन घोषणा गरेका छन् ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले फाल्गुन १७ गते कालो दिन घोषणा गर्दै प्रदेशको विभिन्न स्थानमा विरोध सभा गर्ने जनाएको छ ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङ् संघीय अध्यक्ष प्रदेश एक्तेनका अनुसार पहाडि जिल्लाहरुमा सदरमुकाम केन्द्रित कार्यक्रम साथै तराईका जिल्लाहरुमा विभिन्न स्थानहरु केन्द्रित कार्यक्रमको आयोजना गरिने वताएका छन् ।

Advertisement

पहिचानको आधारमा प्रदेशको नाम पहिचानको आधारमा नराखिए थप आन्दोलनको घोषणा गरिने चेतावनी दिएका छन् ।
बि.सं. २०७९ फाल्गुन १७ गते कोशी नामाकरण प्रदेशसभाले गरेसँगै प्रदेश नं. १ अशान्त बनेको छ । आन्दोलनको क्रममा २०७९ चैत्र ५ गते विराटनगरमा भएका बृहत जनप्रदर्शनको क्रममा घाइते भएका पदम कुमार लिम्बु लाजेहाङ घाइते भई चैत्र १० गते शहिद भएका छन् । भने दर्जनौं जना कोशी नाम खारेजीको आन्दोलनमा घाइते भएका छन् । तर, सरकारले हालसम्म पनि प्रदेश नामाकरण खारेज बारे कुनै चासो नराखेकोमा पहिचान पक्षधर नेतृत्वहरु विरोधमा उत्रने चेतावनी दिएका छन् ।

संघर्ष समितिका घटक सदस्य नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, प्रदेश नं. १ अभियान समिति, शेर्पा संघ साथै पहिचान पक्षधर राजनीतिक पार्टीका प्रमुखहरुले आन्दोलनलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिएका छन् ।
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आयोजनामा गरिने विरोध सभामा प्रदेशको नाम कोशी खारेज गर । प्रदेशको नाम कोशी मुर्दावाद, सहिद पदम कुमार लिम्बु लाजेहाङ अमर रहुन् साथै पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाकरण गर भन्ने नाराका साथ सबै जिल्ला र क्षेत्रहरुमा कार्यक्रम गर्न संघर्ष समितिले अपिल गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु