पवित्रहाङमा गोल्डकप : मोरङलाई हराउँदै ताप्लेजुङ सेमिफाइनलमा

माङसेबुङ । ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(आइतबार) भएको खेलमा पथरीशनिश्चरे खेलकुद समिती मोरङलाई ३–० ले हराउँदै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

ताप्लेजुङको जितमा सुष्मा लिम्बू, अनुष्का शेर्पा र सुजता लिम्बूले समान एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सुष्माले गोल गर्दै ताप्लेजुङलाई सुरुवाती अग्रता दिलाइन । त्यसपछि खेलको ४७ औं मिनेटमा अनुष्काले गोल गर्दै अग्रता दोब्बर बनाइन । यसैगरी खेलको ४९ औं मिनेटमा सुजताले गोल गर्दै २–० को सहज जित दिलाइन ।

खेलको प्लेयर अफ द म्याच ताप्लेजुङकी सुष्मा लिम्बू घोषित भईन् । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चालन भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता अन्तरगत भोलि सोमबार रोयल स्पोर्टिङ क्लब दमक झापा र दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु