कनकाई झापा पवित्रहाङमा गोल्डकपको फाइनलमा

माङसेबुङ ।  १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिका झापा फाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(मंगलबार) भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङमाथि १–० को कठिन जित निकाल्दै कनकाई झापा उपाधि नजिक पुगेको हो ।

Advertisement

कनकाईको जितमा खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी सुप्रिया मियाले ३३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।

यसैगरी भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दिपेन्द्र शिखर फुटबल क्लव इलाम र रोयल स्पोर्टिङ क्लब दमक झापाविच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।

महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु