माङसेबुङः इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित आत्मानन्द खेल मैदानमा आत्मानन्द कप भलिबल प्रतियोगितामा भद्रपुर झापा सेमिफाइनलमा प्रवेश गरेको छ । किरात धर्मगुरु ७० औं शुभजन्मोत्सबको अवसरमा आयोजित आत्मानन्द कप १६ औं संस्करणसंगै अतिरिक्त खेलमा आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । आज शुक्रबार भएको प्रतियोगितामा भद्रपुर नगरपालिका, झापा र फुङनाम स्पोर्टस क्लब, […]

माङसेबुङ । इलामको माङसेबुङमा आत्मानन्द कप भलिबल प्रतियोगिता सुरु भएको छ । आत्मानन्द खेल मैदानमा बिहिवारबाट भलिबल प्रतियोगिता सुरु भएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्स तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोह अवसरमा आयोजित खेलकुद कार्यक्रम अन्तरगत पहिलोपटक आत्मानन्द कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको […]

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक गरिएको छ । बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आत्मा पवित्र हक्चात यक्चुमद्धारा आयोजित पत्रकार सम्मेलनमा खेल सार्वजनिक गरिएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा  यस बर्षदेखि भलिबल प्रतियोगिताको समेत आयोजना […]

माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको फाईनलमा तिजोक युवाक्लव पान्थर प्रवेश गरेको छ । आज बुधबार आत्मानन्द रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा पाहुना टोली एमएफसी दार्जिलिङ भारतलाई ३–० गोल अन्तरले पराजित गदैं तिजोक पान्थर फाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा खेलेको पान्थर दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको थियो […]

माङसेबुङ । आत्मानन्द कपको फाईनलमा माङसेबुङ गाउँपालिका प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज (मंगलबार) भएको पहिलो सेमिफाईनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङलाई २–१ को गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रवेश गरेको हो । खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । […]

माङसेबुङ । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल कलाकारहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमी फाइनल (उत्कृष्ट ८) मा पुग्न सफल कलाकारहरुको नाम सार्वजनिक गरिएको हो । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा परेका कलाकारहरु हरिचन्द्र लिम्बू लेटाङ ७ वराङ्गी मोरङ, […]

माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको पहिलो सेमिफाईनल खेलमा आज मंगलबार माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुदैंछ । माङसेबुङ र सिरिजंगा मोरङबीचको पहिलो सेमिफाईनल खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन । आत्मानन्द  कप […]

माङसेबुङ ।  एमएफसी दार्जिलिङ आत्मानन्द कप  फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा गोलबजार स्पोर्टिङ क्लब सिराहालाई ३–१ गोल अन्तरले हराउँदै दार्जिलिङ भारत सेमिफाईनलमा प्रवेश गरेको हो । दार्जिलिङ भारतको जितमा सुजल मुण्डाले दूई तथा श्याम मुर्मुले एक गोल गरे ।  गोलबजार सिराहाका लागि मनिष मगरले एक […]

माङसेबुङ । इलामको माङसेबुङमा जरि १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगितामा आज(सोमबार) गोलबजार स्पोर्टिङ क्लब सिराहा र पाहुना टिम एम.एफ.सी. दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुदैंछ । गोलबजार सिराहा र दार्जिलिङ भारतबीचको खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन […]

माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप  फुटबल प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ सेमिफाईनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज(आईतबार) भएको खेलमा छथर गाउँपालिका तेह्रथुमलाई १–० गोल अन्तरले हराउँदै सिरिजङगा मोरङ सेमिफाईनलमा प्रवेश गरेको हो । मोरङको जितमा एक मात्र विजयी गोल सञ्जय धिमालले गरेका थिए । […]