आत्मानन्द कप भलिबलको फाइनलमा भद्रपुर झापा र केपिसी भिड्ने

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको फाइनलमा केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको छ ।

इलामको माङसेबुङ ५ आत्मानन्द रंगशालामा शुक्रबार भएको भलिबल प्रतियोगिताको सेमिफाइनल खेलमा केपिसीले बार्हदर्सी झापालाई ३-१ को  सेटमा र सिमाना मोरङलाई ३-० को सेटमा पराजित गर्दै केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको हो ।

Advertisement

खेलमा बार्हदर्सी  झापालाई पहिलो सेटमा  २६–२४ र दोस्रो सेटमा २५–२३  र तेस्रो सेटमा बार्दर्सीले २५- २१ को सेटमा केपिसीलाई हराउँदै जित निकालेको थियोे । चौथो सेटमा २५- १६ ले  पराजित गर्दै केपिसी फाइनलमा प्रवेश गरेको हो ।

यस्तै दोस्रो खेलमा सिमाना मोरङलाई  पराजित गर्दै भद्रपुर नगरपालिका, झापा फाइनलमा प्रवेश गरेको छ । पहिलो सेटमा २५–१९  दोश्रो सेटमा २५–२०  तेस्रो  सेटमा २५ – १५ ले सिमाना मोरङलाई  हराउँदै भद्रपुर फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको फाइनलमा केपिसी र भद्रपुर झापा मंसिर १६ गते शनिबार प्रतिस्पर्धामा भिड्नेछन्  ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्स तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोह अवसरमा आयोजित खेलकुद कार्यक्रम अन्तरगत आत्मानन्द कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

भलिबल प्रतियोगिताको विजेताले नगद ७० हजार १ सय ७० उपबिजेताले ३५ हजार १ सय ७० ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु