माङसेबुङ । इलामको माङसेबुङमा आत्मानन्द कप भलिबल प्रतियोगिता सुरु भएको छ । आत्मानन्द खेल मैदानमा बिहिवारबाट भलिबल प्रतियोगिता सुरु भएको हो ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्स तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोह अवसरमा आयोजित खेलकुद कार्यक्रम अन्तरगत पहिलोपटक आत्मानन्द कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
Advertisement
प्रतियोगिताको उद्धघाटन खेलमा माङसेबुङ गाउँपालिका इलामले बेल्डाँगी भलिबल क्लब झापालाई २-० को सोजो सेटमा पराजित गरेको छ । बेल्डाँगी झापालाई २५–१९ र २५–१५ ले पराजित पराजित गर्दै माङसेबुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै बिहिवार भएको दोस्रो खेलमा त्रिबेणी युवा क्लब पान्थरलाई पहिलो सेटमा २५–१७ र दोश्रो सेटमा २५–२१ को सोजो सेटमा हराउँदै सिमाना युवा क्लब मोरङ सेमीफाइनलमा प्रवेश गरेको छ ।
आजै भएको तेस्रो खेलमा मिक्लाजुङ गाउँपालिका पान्थरलाई पहिलो सेटमा २५–१९ र दोश्रो सेट २५–२१ को सोजो सेटमा हराउँदै बारदर्शी गाउँपालिका झापा सेमिफाइलनमा प्रवेश गरेको छ ।
भोलि(शुक्रबार) फुङनाम स्पोर्टस क्लब, इलाम र भद्रपुर नगरपालिका झापाबिच हुनेछ भने दुई सेमी फाइनल खेल समेत शुक्रबार नै हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ७० हजार १ सय ७० उपबिजेताले ३५ हजार १ सय ७० ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल मंसिर १६ गते हुनेछ ।