माङसेबुङ इक्लाको उत्कृष्ट ८ प्रतियोगी छनौट – Kiratawaj

माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा परेका कलाकारहरु हरिचन्द्र लिम्बू लेटाङ ७ वराङ्गी मोरङ, कुमार नेम्बाङ फाल्गुनन्द ४ पान्थर, रोशन लिम्बू, मेरिङ्देन १ ताप्लेजुङ, दिनेश योङ्हाङ फाक्फोकथुम ७ इलाम, श्री कुमार लिम्बू माङ्सेबुङ२ इलाम, तागेरा आङ्देम्बे, फाल्गुनन्द ६ पान्थर, उपेन्द्र लिम्बू मिक्लाजुङ १ सराङ्डाँडा पान्थर र शान्ता फियाक लिम्बु माई नगरपालिका ६ इलाम रहेका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।

Advertisement

पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार माङसेबुङ इक्ला दुई वर्ष पहिले आयोजना गरिएको थियो र यसैलाई निरन्तरता दिन पुनः यस वर्ष पनि आयोजना गरिएको हो ।

पान्जुम्भोका सचिव गुरुङका अनुसार प्रतियोगिताको सेमी फाइनल माङसेबुङमा आगामी मंसिर १८ गते साँझ हुने छ भने, फाइनल मसिंर १९ गते साँझमा आयोजना हुनेछ ।

आयोजकका अनुसार यस वर्ष प्रतियोगितामा सहभागि कलाकारहरुले अनलाइन अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीत गाएर भिडियो रेकर्ड गरी आयोजकलाई वार्डसप नम्बरमा भिडियो पठाएका थिए ।

माङसेबुङ इक्ला प्रतियोगितामा सहभागिहरुलाई पहिलो, दोस्रो, तेस्रो र चौथो अडिसन अनलाइन मार्फत लिइएको छ । प्रतियोगीले चार चरणसम्मको अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीतमा गाएर भिडियो पठाएको आधारमा छनौट गरिएको थियो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोहको आवसरमा आयोजित माङसेबुङ इक्ला गायन प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दिलमति चेम्जोङ र गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहनु भएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु