माङसेबुङ । इलामको माङसेबुङमा जरि १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगितामा आज(सोमबार) गोलबजार स्पोर्टिङ क्लब सिराहा र पाहुना टिम एम.एफ.सी. दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुदैंछ । गोलबजार सिराहा र दार्जिलिङ भारतबीचको खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।
यसअघि हिजो भएको खेलमा छथर गाउँपालिका तेह्रथुमलाई १–० गोल अन्तरले हराउँदै सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ सेमिफाईनलमा प्रवेश गरेको छ ।
Advertisement

सञ्जय धिमालले खेलको २८ औं मिनेटमा गरेको गोल नै सिरिजंगा मोरङलाई सेमिफाईनलमा पुग्न पर्याप्त बन्यो ।
खेलको म्यान अफ दी म्याच विजेता टिम मोरङका सञ्जय धिमाल घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा सञ्चालन भईरहेको आत्मानन्द कपको फाईनल खेल मंसिर १७ गते हुनेछ ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद कार्यक्रमका संयोजक तथा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् ।





















