इलाम । इलामको सन्दकपुर गाउँपालिका ४ माबुमा निर्माण गरिएको किरात फाआप मिङसो माङहिम उद्धघाटन तथा समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन ज्यूको पूर्ण कदको सालिक अनावरण गरिएको छ । आइतबार महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४० औं जन्मजयन्तीको अवसरमा माबु हाङमादेनमा आयोजित कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा […]
सत्यको बाटोमा लाग्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । आइतबार इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती, महागुरु प्रतिमा अनावरण तथा नवनिर्मित किरात फाआप मिङसो माङहिमको उद्धघाटन आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले […]
पाँचथर। किरात धर्म दर्शनदाता, महान समाज सुधारक,राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४० औँ जन्मजयन्तीको अवसरमा कात्तिक २५ गते आइतबार फिदिम नगरपालिका–५ महागुरु फाल्गुनन्दको पावन कर्मभूमी लव्रेकुटीमा जन्मजयन्ती समारोह साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। किरात धर्म तथा साहित्य उत्थान संघ पान्थर र किरात साङ्सेन वरक चोत्लुङ माङ्हिम लब्रेकुटीको संयुक्त आयोजनामा लब्रेकुटीमा […]
माङसेबुङ । महागुरु फाल्गुनन्द लिङदेन ज्यूको जीवन दर्शन र माङइङघङ विषयक अन्तरक्रिया कार्यक्रम दमकको किरात माङपोक्लुङ माङहिमको हलमा विहिबार सम्पन्न भएको छ । प्रत्येक महिना सञ्चालन हुदैँ आएको किरात इत्नामको सातौं श्रृंखला किरात माङपोक्लुङ माङहिमका प्रमुख माङसेवासाबा पदम चोङबाङ साँबाले दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा लेखक तथा अध्येता महागुरु रमेश तुम्बापोले […]
माङसेबुङ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने भएको छ । यहि कातिक २५ गते किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती केन्द्रीय कार्यक्रममा […]
किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको प्रतिमा स्थापना बर्षेनी बढ्दोक्रममा रहेको छ । फाल्गुनन्दको प्रतिमा संस्थागत रुपमा सबै भन्दा पहिले झापाको दमकमा र इलामको माङसेबुङस्थित भञ्ज्याङमा वि.स २०६१ कार्तिक २५ गते महागुरु फाल्गुनन्दको १२० औं जन्मजयन्ती कार्यक्रममा प्रतिमा स्थापना भएको थियो । बर्षेनी महागुरु फाल्गुनन्दको प्रतिमा निर्माण […]
माङसेबुङ । इलामको माङसेबुङमा जारि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा सिङफेरे एफ.सी. दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धरान वारियर्स एफ.सी.लाई ५–० गोल अन्तरले पराजित गर्दै सिङफेरे दोस्रो चरणमा प्रवेश गरेको हो । सिङफेरेको जितमा राज राई र सुमन राईले समान २ गोल गरे भने, […]
माङसेबुङ । इलामको माङसेबुङमा जारि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन आशिस स्पोर्टिङ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको उद्घाटन खेलमा एन.वाई.सी. चुक्चिनाम्बालाई १–० गोल अन्तरले पराजित गर्दै आशिस स्पोर्टिङ क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । आशिस स्पोर्टिङको जितमा रोशन योगीको एक मात्र गोल निर्णायक […]
इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि सोमबारदेखि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । किरात धर्म दर्शनदाता महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्तीको अवसरमा कातिक १९ देखि २५ सम्म सञ्चालन हुने दोस्रो महागुरु फाल्गुनन्द कप प्रतियोगिताको तयारी पुरा भएको आयोजक युथ अफ माङसेबुङका अध्यक्ष […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८१’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ९ देखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को अवसरमा मंसिर ९ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मा पवित्र हक्चात […]












