लुङा पत्रिका रजत वर्ष विशेषाङ्क विमोचनको अवसरमा दुई पत्रकार पुरस्कृत हुँदै

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने भएको छ ।

लुङा प्रकाशन परिवारको आज बिहीबार बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी प्रकाशन सुरु भएको थियो । दमक १ सम्पर्क कार्यालय रहेको लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरी विशेषाङ्क प्रकाशन गरेको हो ।

दुई पत्रकार पुरस्कृत हुने

लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा दुई जना पत्रकारलाई याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने विज्ञप्तिमा उल्लेख छ ।

याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट क्रमशः इत्तुङ्साङ समसामयिक पत्रिकाका प्रकाशक/सम्पादक थाकुहाङ मेरिङ र धड्कन पत्रिका (भारत, आसाम)का प्रकाशक/सम्पादक लोकमान सुब्बा आङशदेम्बे पुरस्कृत हुने छन् ।

पुरस्कृत पत्रकारद्वयलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिने छ । यसअघि २०७४ देखि ०७८ सम्म सो पुरस्कार याक्थुङ साम्नी यम्बुगेनले पाँचथरको फिदिमबाट वितरण गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रेस बिज्ञप्ति

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु