दमक । झापाको दमकमा याक्थुङ केलाङ सङजुम्भोको आयोजनामा १५ दिने केलाङ (च्याब्रुङ) प्रशिक्षण कार्यक्रमको समापन गरिएको छ शुक्रबार झापाको दमक नगरपालिका वडा नम्बर १, येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा एक कार्यक्रम गरी १५ दिने केलाङ प्रशिक्षणको समापन गरिएको हो । गत बैशाक ७ गते देखि सुरु भएको केलाङ प्रशिक्षणमा जम्मा १९ जना प्रशिक्षार्थीहरुले सहभागीता […]
बेलायत । युकेको ननिटोन हेरिटेज सेन्ट्रमा आत्म पवित्र किरातेश्वर गौशला ( पित काम्ब्राङ ) बेलायत शाखा प्रवास समिति तीलबहादुर लाओतीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ । गत आइतबार २४ अप्रीलमा युकेको हेरिटेज सेन्ट्रमा विदेश विभाग प्रमुख आशा थोप्राको अध्यक्षतामा बसेको भेलाले लाओतीको अध्यक्षतामा किरातेश्वर गौशाला बेलायत प्रवास समिति गठन गरेको हो । […]
मोरङ । किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका नवनिर्वाचित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथग्रहण तथा मनोनयन पत्र वितरण गरिएको छ । शुक्रबार मोरङको पथरी शनिश्चरे १, शिविर डाँडामा अवस्थित किरात हाङसाम माङहिममा भएको भेलाले गत बैशाक १० गते सम्पन्न किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङको पाचौं अधिवेशनवाट नवनिर्वाचित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथग्रहण तथा मनोनयन पत्र […]
माङसेबुङ । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचन अन्तर्गत माङसेबुङ गाउँपालिका ५ को सरस्वती मावि भालुटार मतदान केन्द्रमा बिहान १:२० बजेसम्ममा ४९ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट शान्तिपूर्ण रूपमा मतदान सुरु भएकोमा यहाँ ९ सय ९९ मत खसेको हो । दूईवटा मतदान केन्द्र भएको यो मतदानस्थलमा २ हजार ७ मतदाता रहेका छन् ।
माङसेबुङ । इलाम क्षेत्र नम्बर – २ प्रतिनिधसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले मतदान गर्नुभएको छ । यस्तै कांग्रेसका उम्मेदवार खड्का र एमालेका उम्मेदवार नेम्वाङले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । यस्तै […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य २०८१ इलाम २ उप निर्वाचनमा शनिबार आज बिहान ७ बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गर्नुभएको हो । अङ्सीमाङ तथा अङ्सीमामाङहरुले इलामको माङसेबुङ […]
इलाम । इलाम २ उप निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् । उनले बिहानको ७ बजे फाकफोकथुम गाउँपालिका -३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा मतदान गरेका छन। बिहानको ७ बजेदेखि सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले इलाम २ बाट मुद्दाले जित्नुपर्ने दावी गरेका छन् । बुधबार इलामको चुलाचुलीस्थित आइतबारेमा सम्पन्न स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका छन् । साङपाङले भने,’पार्टी जित्ने जनता हार्ने परिपाटीलाई दोहोरिन नदिन आग्रह गर्दै प्रमुख साङ्पाङले आफूले जित्ने हो भने स्वतन्त्रलाई मत हाल्न र जिताउन आग्रह […]
माङसेबुङ । पुर्वेली गित ‘गाउँ र बेशी’ सार्वजनिक गरिएको छ । निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा गायकद्वय राजशुक्र लिम्बू र प्रकाश सावदेन तथा गायिकाद्वय टिना खालिङ र स्वस्तिका सावदेनको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘गाउँ र बेशी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । एस.पी. निङलेकुको शव्द तथा राजशुक्र लिम्बूको संगीतमा सजिएको गितको भिडियोमा उमेश […]
इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले सुक्रबार इलामको मंगलबारे बजारमा भब्य चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खा उपाध्यक्ष राकेश राईले डकेन्द्रसिंह थेगिमले चुनाव हारेमा पितृदेवले सराप्ने भन्दै मुढा चिन्हमा भोट लगाउन आव्हान गरेका छन् । राई समुदायको साझा संस्था किरात राई यायोक्खाले स्वातन्त्र […]