जनताको माग र चाहनालाई राज्यले दबाउनु हुँदैन – किरात धर्मगुरु ( भिडियो सहित )

राज्यका नेताहरुले मुलुकका जनताको माग र चाहनालाई समेटेर लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

Advertisement

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शनिबार आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

‘जनताको माग र चाहनालाई राज्यले दबाउनु हुँदैन, दमन गरियो भने झन विकराल समस्या बनेर जान्छ’ अङसीमाङज्यूले भन्नु भयो, ‘नेताहरुले समस्यालाई एक आपसमा वार्ता गरेर समधान गर्नु पर्छ । हामीमा एक आपसमा सद्भाव राख्नुपर्छ । माङसेबुङमा सबै राजनेताहरु आउछन् आशीर्वाद मागेर जान्छन ।’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘विश्वमा झैझगडा नहोस्, युद्ध नहोस् भनेर माङसँग विश्व शान्ति मानव एकताको लागि सेवा गरेका छौं ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु