माङसेबुङ । मुक्कुमलुङ संघर्ष समितिले सात बुँदे मागसहित भोलि मंगलबार(माघ १५)देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।
मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधरका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यातायात बन्दको आह्वान गरेको हो ।
Advertisement
बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था (याक्थुङ संयङ) सहजीकरण समूह र डकेन्द ्रसिंह थेथिम किरात धर्म तथा साहित्य उत्थान संघद्वारा हस्ताक्षर गरिएको छ ।
मेची हाइवे, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रबेश गर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरिएको मुकुम्लुङ सरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिखिमले जानकारी दिएका छन् ।
केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिनासर्त रिहाई, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने बिज्ञप्ती मार्फत माग गरिएको छ ।
बिज्ञप्तिमा सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको उल्लेख छ । कुटपिट गरी थुप्रैलाई घाइते बनाएको भन्दै गोली लागेर घाइते हुनेहरू याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती रहेको उल्लेख छ । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरी हिरासतमा राखेको र कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेको जनाएको छ ।