माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्त्व विषायक अन्तरक्रिया कार्यक्रम गत शनिबार सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको चौथो श्रसङखला किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले सेमि बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा साहित्यकार तथा साङदाङगेन वरुमसाबा  इन्द्रहाङ आङदेम्बेले सिसेक्पा तङनामको महत्त्वबारे अवधारणा  प्रस्तुत गरेका […]

माङसेबुङ । माङसेबुङ सेवा समाज दक्षिण कोरियाको सहयोगमा माङसेबुङमा बृक्षरोपण गरिएको छ । विहिबार किरात हाङसाम माङहिम परिसरमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको हस्तवाहुलीबाट बृक्षरोपन कार्यक्रमको सुरुवात गरिएको थियो ।   माङसेबुङ येहाङमुक कोक्मा ताङभुला ताङसेपका अध्यक्ष इन्द्र प्रसाद आङदेम्बेको अध्यक्षतामा मयुर धुप ४ सय बोट रोपण गरिएको हो । किरात धर्मावलम्बीहरुको […]

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो । कास धातुबाट निर्माण गरिने प्रतिमा आउदो भदौ अन्तिमसम्ममा निर्माण सम्पन्न हुने गरि काम सुरु भई सकेको कियाचु इजरायकी अध्यक्ष नुमा काङ्वा बोखिमले बताइन् । उक्त याःलाङ् प्रति साढे […]

माङसेबुङ । गायक आधार तुम्बापो र गायिका मोनिका लोहोरुङको आवाजमा किरात धार्मिक जागरण गित ‘सेवारो आदाङबा आदाङमासे’ सार्वजनिक गरिएको छ । उजल ताङलुवा राईको शव्द तथा आधार तुम्बापोको संगीतमा किरात धार्मिक जागरण गित ‘सेवारो आदाङबा आदाङमासे’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । फणिन्द्र राईको संगीत संयोजन तथा युटिआर प्रडक्शनको प्रडक्शन तथा पोष्टप्रडक्शन रहेको भिडियो युटिआर […]

माङसेबुङ । किरात धार्मिक सहिद नरध्वोज लाओती स्मृति यु—१४ पुरुष फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द सदनले चुमेको छ । आत्मा—पवित्र हक्चात यक्चुमको आयोजनामा मंगलबार इलामको माङसेबुङ ५, मा अवस्थित आत्मानन्द खेल मैदानमा भएको फाईनल खेलमा सिरिजंगा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै फाल्गुनन्द सदनले उपाधि चुमेको हो । उपाधि चुमेसँगै फाल्गुनन्दले नगद ५ हजारको साथमा ट्रफी, […]

माङसेबुङ  – किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाएका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किरात समुदायले सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम […]

युके/किरात साम्यो साक्थिगेन्न पान्जुम्भो युकेले मौलिक नाच माङलाङ केलाङ प्रस्तुत गरेको छ । गत शनिवार १३ जुलाई २०२४ को दिन किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा आयोजित सिसेक्पा तङनाम कार्यक्रममा पान्जुम्भोले मौलिक पहिचानलाई संरक्षण गर्दै माङलाङ केलाङ प्रस्तुत गरेको हो । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेमा आबद्व किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भो युकेले […]

माङसेबुङ । गायक राजेश पायल राईको आवाजमा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनमा समर्पित किरात भक्ति गीत ‘हे महागुरु हे फाल्गुनन्द’ सार्वजनिक गरिएको छ । शा तेयुङ लिम्बूको शव्द कृष्ण चोकहाङ तेयुङ लिम्बूको संगीत तथा निरोज लामाको संगीत संयोजनमा किरात भक्ति गीत ‘हे महागुरु हे फाल्गुनन्द’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । एस.बि. लावतीको निर्देशनमा […]

माङसेबुङ । इलामको माङसेबुङमा किरात लिपि युनिकोड निर्माणको चर्चा र चुनौती विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात इत्नामको तेस्रो श्रसङखला अन्तरगत शनिबार सरस्वती मावि भालुटारको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा किरात लिपि युनिकोड निर्माण अभियन्ता सुनिल सेर्माले किरात लिपि युनिकोड निर्माणको चर्चा र चुनौती विषायक अवधारण पत्र प्रस्तुत गरेका […]

काठमाडौं ।  किरात धर्मावलम्बीहरुको माङसेवासाबा/माङसेवासामाहरुको संगठन किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो (उपत्यका समिति) को ५ औं सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाडौँको भङ्गालस्थित किरात याक्थुङ चुम्लुङ हिममा सम्पन्न सम्मेलनले प्रेमकुमार वनेमको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय अध्यक्ष बलराम खजुमको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा सरिता लाओती, […]