सिसेक्पा तङनाममा प्रस्तुत गरे साक्थिम्गेन पान्जुम्भो युकेले माङलाङ केलाङ

युके/किरात साम्यो साक्थिगेन्न पान्जुम्भो युकेले मौलिक नाच माङलाङ केलाङ प्रस्तुत गरेको छ । गत शनिवार १३ जुलाई २०२४ को दिन किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा आयोजित सिसेक्पा तङनाम कार्यक्रममा पान्जुम्भोले मौलिक पहिचानलाई संरक्षण गर्दै माङलाङ केलाङ प्रस्तुत गरेको हो ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेमा आबद्व किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भो युकेले विगत समयदेखिनै यसरी विभिन्न कार्यक्रमहरुमा सहभागि जनाउदै आएको किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेका अध्यक्ष सिक्कुम फुरुम्बो चरपेले बताएका छन् ।

Advertisement

माङलाङ विशेष गरी यसको मिथक अनुसार सृष्टिको कालखण्डदेखि नै उहीँ तागेरा निङ्वा भूमाङलाई खुशी पार्न र आफ्ना मातुदेव, पितृदेवलाई मुन्धुम वाचन गर्दै नाचेर वा मुन्धुमलाई मिठो सुरिलो भाका र लयमा गाएर माङलाई खुशी पार्ने गरेको साक्थिम्गेन युके अध्यक्ष फुरुम्बोको भनाई छ ।

अध्यक्ष फुरुम्बोका अनुसार माङलाई खुशी पार्नका लागि हाम्रो पुर्खाहरुले अंगाल्दै आएका माङलाङ वा देवनाच नै माङलाङको रुपमा विकसित भएको हो । माङलाङ एक प्राचिन, प्रकृतिक नाचको रुपमा हेरिने गरिएको छ ।मौलिक भेषभुषा तागाबा र मेख्लि लगाएर कलाकारहरुले सक्दो रुपमा माङलाङ केलाङ प्रस्तुत गरेको जनाइएको छ । सो भेषभुषा र नाचलाई देखेर उपस्थित दर्शकहरुले निकै रुचाएका थिए भने अति नै प्रशंसा पनि गरेका थिए ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष तथा सांस्कृतिक विभागीय प्रमुख निर्मल पतङवाले माङलाङको बारेमा ब्याख्या गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु